तीन शीर्ष नेतृत्वको प्रयास असफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०७३, मंगलवार ०७:५८

काठमाडौं । संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने विपक्षी र पारित गराएरै छाड्ने सत्तापक्षको अडानबाट नेताहरू टसमस नभएपछि सहमति जुटाउने तीन शीर्ष नेतृत्वको प्रयास असफल भएको छ ।

एमालेले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर संसद्को गतिरोध अन्त्य गर्न सुझाव दिए पनि सरकारले प्रस्ताव पारित गरी मुलुकलाई निर्वाचनमय बनाउन आग्रह गरेको थियो । यो खबर आजको अन्नपूर्ण पोष्टमा ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ साल माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन गर्ने स्पष्ट कार्ययोजना सत्तापक्षसँग मागेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले भने संशोधन प्रस्ताव पारित भएपछि मुलुक निर्वाचनमय हुने जिकिर गरेको स्रोतले दाबी गर्‍यो ।

ओली र देउवाबीच केही क्षण संविधान निर्माणक्रममा भएको घटनालाई लिएर चर्काचर्कीसमेत भएको थियो । देउवाले एक कार्यक्रममा आफूलाई ‘संविधान जारी गर्नुअघिको समझदारीमा गाँजा खाएर हस्ताक्षर गरेको’ आरोप लगाएको प्रसंग ओलीले उप्काएपछि विवाद भएको हो ।

 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकबाट मध्याह्न १२ बजेतिर बाहिरिएका ओलीमाथि एकैखाले प्रश्न ओइरियो, ‘आजको सदन चल्न दिनुहुन्छ र?  तपाईंहरूको कुरा मिल्यो ? ‘ उनले जबाफ दिए, ‘हामीले कहाँ रोकेका छौं र १ हाम्रो दृष्टिकोण र अडान यथावत् छ ।’

हल्का मुस्कानसहित प्रस्तुत भएका ओलीलाई पत्रकारले फेरि सोधे, ‘आजको सदन चल्छ रु ‘ उनले भने, ‘सदन चल्छ र चलाउने हो भने संशोधन प्रस्ताव फिर्ता लिनुस्, सजिलो छ । मैले सत्तापक्षलाई यही भनिरहेको छु, फेरि भनेर आएँ ।’

तपाईंहरू सदनमा कसरी प्रस्तुत हुने रु के रणनीति बनाउनुभएको छ रु भन्ने जिज्ञासामा ओलीले भने, ‘हामी सोझो हिसाबले हिँडेका छौं । सोझै हिसाबले प्रस्ताव फिर्ता लिए सदन चलिहाल्छ ।’
ओलीले सत्तारूढ दलका कारण संसद् अवरोध भएको जिकिर गरे । ‘हाम्रो कारणले संसद् अवरोध भएको होइन । संविधान संशोधन प्रस्ताव फिर्ता लिएपछि चलिहाल्छ नि १’

संशोधन प्रस्ताव यो मुलुकको एकता, अखण्डता र सार्वभौमसत्ता अनुकूल नरहेको उनले दाबी गरे । सोही प्रस्तावको विरोधमा शुक्रबार एमालेलगायत नौ दलले राजधानीमा विरोधसभा आयोजना गर्ने भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, असार ५, २०८१