भारतिय डिटिएचका कारण नेपाली डिटिएच मार्कामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७१, मंगलवार ०६:२६

प्रविण अग्रवाल/ रौतहट , ६ साउन ।
केहि दिन यता नेपाली क्षेत्रमा भारतिय डिटिएचको प्रयोग बढ्न थालेको छ । भारतिय डिटिएचको प्रयोग बढे देखि एकातिर लाखौँको राजस्व गुम्ने खतरा बढेको छ भने अर्कातिर नेपाली उत्पादन डिसहोम लाई लाखौँको धाटा बेर्होनु परेको देखिन्छ । रौतहटको सदरमुकाम लगायत आसपासका विभिन्न गााविसहरुमा सयौको सँख्यामा भारतिय डिटिएच प्रयोग भई रहँदा पनि स्थानिय प्रशासनमा मौन्ता छाएको छ । 942202_130796303790189_1988193029_nरौतहटको बँकुल, सरमुजवा, राजपुर, डुमरीया, जयनगर, लौकाहा लगायत दर्जनौ स्थानहरुमा अहिले पनि सयौँको सँख्यामा भारतिय डिसहोमको प्रयोग प्रष्ट हेर्न सकिन्छ । प्रयोग हुने डिटिएचमा अधिकाँश भिडियोकाँन,एयरटेल, वोडाफोन, टाटास्काई,डिस टिभी,सन डायरेक्ट,बिग टिभी, लगायतका भारतिय कम्पनीहरुका डिटिएच रहेका छन् । वर्षेनी करौडोको राजस्व तिर्ने नेपाली उतपादन डिसहोम लाई प्रतिवन्धित भारतिय डिटिएचका कारण ठूलो घाटा बेहोर्नु परेको छ । नेपाली क्षेत्रमा भारतिय डिटिएच तथा मोबाईल एन्टिनाको प्रयोगमा प्रतिबन्ध रहेकोले स्थानिय प्रशासनले समयमा ध्यान दिनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१