के हो चौथो पुस्ताको फोरजी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०७३, आईतवार १४:३२

काठमाडौँ । फोरजी थ्रिजीको परिष्कृत चौथो पुस्ताको ताररहित मोबाइल दुरसञ्चार प्रविधि हो। यो प्रविधि लङ टर्म इभोलुसन ९एलटिङ० स्टाण्डर्डमा सन २००८ को नोभेम्वरमा एचटिसी कम्पनीले पहिलो फोरजी चल्न सक्ने मोवाइल फोन आविस्कार गरेको थियो।

लिथुनियाको एलटिआरसीले बाल्टिक क्षेत्रमा पहिलो पटक फोरजी मोबाइल वाइम्याक्स नेटवर्क जडान गरिए पनि सन् २००९ देखि नर्वेको ओस्लो र स्विडेनको स्टकहल्मबाट मात्र व्यवसायिक रुपमा सुरुवात भएको थियो।

इन्टरनेसनल टेलिकम्युनिकेसन युनिट (आइटियु)  को मापदण्ड अनुसार फोरजीमा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, थ्रिडी टेलिभिजन लगायतका सेवाहरु फोरजीको एप्लिकेसनले सर्पोट गर्ने छ।

आइटियुका अनुसार फोरजी स्टाण्डर्डको प्रविधिमा हाइ मोबिलिटी कम्युनिकेशन हुने कार वा रेलमा प्रति सेकेन्ड सय मेगाबिट गतिमा चल्दछ। त्यस्तै लो मोबिलिटी कम्युनिकेशनअन्तर्गत पैदलयात्री वा एकै स्थानमा बसेर चलाउने प्रयोगकर्ता पर्छन्। जहाँ एक गिगाबिट प्रति सेकेन्ड सेटिङ पिकको गति क्षमता आवश्यक हुनुपर्नेछ।

मोबाइल जेनेरेसनको यो परिष्कृत रुप सन १९८१ मा वनजी ९१जी०, १९९२ मा टुजी ९२जी०, २००१ मा थ्रिजी ९३जी० बाट आरम्भ हुँदै २००९ मा आएर सुरुवात भएको हो।

नेपालमा आजबाट टेलिकमले सुरु गरेको फोरजी प्रविधिमा भने हाललाई ३२।४ एमबिपिएस गतिमा इन्टरनेट चलाउन सकिने उल्लेख गरिएको छ। यो गतिलाई ८० एमबिसम्म पुरयाउने कम्पनीको योजना रहेको बताइएको छ।

हाल नेपालीले प्रयोग गरिरहेको थ्रिजी मोबाइल इन्टरनेट प्रविधि भने १४ एमबिपिएस को गतिमा चल्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१