रबिन गौतम । जीवनलाई हेरेर होइन भोगेर सङ्घर्ष गर्न सिक्नु पर्दछ । सायद यही भनेर हजारौँ मानिसहरु दिनहुँ काठमाडौँ भन्ने खाल्डोमा छिर्न वाध्य छन् । सुनौलो भविष्यको सुन्दर भविष्य साँचेर आउनेहरु तब निराश हुँदै जान्छन् जब उनीहरु वास्तविक काठमाडौँलाई बुझ्दै जान्छन् । मानवहरुमा मानवता नहुने र मानवता हुनेलाई मानव नभनिने यो रहरैरहरको शहर जहरमा रुपान्तरित नहोला भन्न सकिन्न । सुन्दर देश नेपालको झकिझकाउ राजधानी काठमाडौँको सुनाई र भोगाईमा निकै अन्तर पाईन्छ । सुन पहेँलो हुन्छ तर सबै पहेँलो कुराहरु सुन हुँदैनन् । देख्नेहरुका लागि स्वर्ग छ यही काठमाडौँ र भोग्नेहरुका लागि भने साँच्चै नर्कको संज्ञा दिँदा फरक नपर्ला । त्यसैले काठमाडौँ धुँवा, धुलो, अस्तव्यस्तता, हत्या, हिंसा जस्ता समस्याहरुको केन्द्र हो ।
राजनीति, संस्कृति, आदि जस्ता कुराहरुमा व्यापारीकरणको नमुना हो काठमाडौँ । फोहरै फोहरको काठमाडौँ डाँका, गुन्डा, अपराधी, काला बजारी आदि लाई सुरक्षित केन्द्र हो भने, भोका नाङ्गा, गरिब, इमान्दारहरुको काल कठोरी हो । जहाँ समस्या हुन्छ त्यहाँ सम्भावना अवश्य हुन्छ र जहाँ सम्भावना हुन्छ त्यहाँ अलि अलि रश्सा कसी स्वभाविक हो। समस्या र सम्भावनाहरुको खिचडी काठमाडौँमा पहिला समस्याहरुलाई पाखा नलगाए सम्म सम्भावनाहरु पन्छाउन गाह्रो छ । फोहरै फोहरले दुर्घन्धीत भएको राजधानी काठमाडौँमा हामी कहिले सम्म नाक थुनेर बसी रहने र कहिले सम्म पाँच कि.मि. यात्राका लागि बीचमै घण्टौ सम्म जाम कुरेर बसी रहने र कहिले सम्म डिजेल, पेट्रोल र ग्याँस भर्ने नारायणी पुल जति लामो लाइन कुरेर बसी रहने र कहिले सम्म पानी नआउने धाराका टुटी बटारेर बसी रहने र के यी कुरा कानो सरकार, बोक्रे भलादमी र मूर्ख हामीहरुले मनन गर्नु पर्दैन र ठुलाबडाहरुले त कोशी बेचे, महाकाली बेचे अब काठमाडौँ बेच्नै पनि पछि पर्दैनन् कि जस्तो पनि लाग्छ हालत र अवस्था देख्दा। जसरी सम्भावना बोकेको काठमान्डू कहिलेकाहिँ डरलाग्दो काठमान्डू बन्छ तब मन अतालिन्छ, तेइ पनि फेरी मनले केहि राम्रो त अवस्य हुन्छ है भन्दै आशाहरुको बाटो पच्छाउदै हिड्न थाल्छ। बजार छ तर रित्ता सिलिन्डर को के काम चुलोमा आगो बल्दैन काठमाडौंमा । छलफल र कालो बजारी बाहेक निस्ठा, आस्था चल्दैन काठमाडौंमा । सोसिएर ढाडिएको त्यो कालो भुडि सजिलै अहम गल्दैन काठमाडौंमा । नजागे सम्म अब हामी आफै कुबिचार त्यो ढल्दैन काठमाडौंमा ।
प्रतिक्रिया