भोजपुर जिल्लामा २ सय ५० सुधारीएको गोठ निमार्ण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७१, मंगलवार ०६:०७

गणेश विष्ट / भोजपुर,साउन ५

कुषी विकास कार्यलयको पाँच हजार दई सय अनुदान सहयोगमा भोजपुर जिल्लाका भोजपुर र बोखिम दुई गाविसका २ सय ५० सुधारीएको गोठ निमार्ण कार्य सम्मपन्न भएको छ ।vakaro

कृषकको आकृषर्ण पशुपालन तिर जान थालेपछी भोजपुरका दुई गा.वि.स मा सुधारिएको गोठ निर्माण भएको छ । कृषि बिकास कार्यलय भोजपुरको ५ हजार २ सय अनुदानमा उक्त गोठ निर्माण गरिएको हो । भोजपुर जिल्लाका दुई गाविसका २ सय ५० घरधुरीमा यो कार्यक्रम लागु गरिएको कृषि बिकास कार्यलयका कृषि प्रसार अधिकृत राजेश गुरुङ्गले जानकारी जिानकारी दिए ।
सुधारिएको गोठ कार्यक्रम भोजपुर ओखलढुङ्गगा , खोटाङ्ग, धनकुटा, तेह्रथुम , उदयपुर , ईलाम र पाँचथर गरि पुर्वाञ्चलको ८ जिल्लामा सञ्चालन भोईरहेको छ । सुधारिएको गोठबाट कृषकहरुलाई मल व्यवस्थापनमा सहज हुनुको साथै राम्रो गुणस्तरको मल उत्पादनमा सहयोग पुग्नुको सथौ माटो व्यावस्थायनमा समेत सहयोग पुग्ने छ ।
सुधारीएको गोठको राम्रो प्रयोग भएमा एक जोडा गाई भोैंसीले एक बर्षमा तीन बोरा रासायनिक मल बराबरको मल उत्पादन गर्ने गुरुङ्गको दावि छ । सुधारीएको गोठ निमार्ण गर्ने भोजपुर गाविसका कुमान प्रधानले भने “ हामी त बस्तुको मत्रलाई कुलो बनाएर फाल्थौं बल्ल थाहा भयो यसको महत्व ।” सुधारिएको गोठको उपयोगिता देखेर कृषि कार्यलयमा माग गर्न आउनेको कृषको संख्या दिन प्रतिदिन बढ्दै गएको गुरुङ्गकोे भनाई छ । यस्तो गोठ निमार्णका लागी कृषी वन तथा वातावरण समिति बाट छनोट भएका घर धुरीलाई मात्र वितरण गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१