आलिया कोकिन त कंगना अफिम, यी सेलिब्रिटीको नाममा लागुऔषध कारोबार बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ पुष २०७३, बिहीबार ०७:३६

सलमान खानमाथि पुलिसले अनुसन्धान थालेको छ । आलियाको पछि पनि पुलिसको पूरा समूह लागिपरेको छ । यस्तैगरी दीपिका पादुकोणलाई पक्राउ गर्न होटलमा नजर डुलाइरहेको छ, मुम्बई पुलिसले । कंगना पनि रडारमा छिन् । कट्रिना कैफ पनि बच्ने छैनन् । अनुष्का–प्रियंकाको बारेमा पनि जानकारी जुटाइराखिएको छ ।

पहिलो पटक यी कुरा सुन्नेलाई लाग्न सक्छ, यो कि त फिल्मको छायांकनको वर्णन हो कि त यी कलाकारले ठूलै केही गल्ती गरेका छन् तर तपाईंले जे सोचिरहनुभएको छ, वास्तविकता त्यो भन्दा निकै भिन्न छ । वास्तवमा यो ‘कोड वर्ड’ हो जुन लागुऔषधको दुनियाँमा मानिसहरुले तयार गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष सुरु हुन अब केहि दिन मात्र बाँकी छ । यस्तो अवस्थामा लागुऔषधको कारोबार गर्ने पनि पूर्ण रुपमा तयार भएका छन् । नशाका कारोबारीहरुले यसको लागि जाल बिछाइरहेका छन् । कहिले, कहाँ र कसरी लागुऔषध ओसारपसार गर्ने यसको पूरा खाका तयार भइसकेको छ । यद्यपी, यस्ता कारोबारीलाई थाहा छ कि यो काममा सफल हुन त्यति सजिलो छैन । मुम्बई पुलिसका थुप्रै समूहले उनीहरुमाथि निगरानी गरिरहेको छ । यस्तोमा पुलिसलाई छक्काउनका लागि कारोबारीले नयाँ तरिका निकालेका छन् ता कि उनीहरुमाथि कसैको शंका नहोस् ।

लागुऔषधको वास्तविक नाम सट्टा कोड वर्डको प्रयोगः

लागुपदार्थ कारोबारी लागुऔषधलाई वास्तविक नामबाट बोलाउनुको सट्टा कोड वर्डको प्रयोग गरिरहेका छन् । अचम्मको कुरा के छ भने लागुऔषधको नाम बलिउड सेलिब्रिटीको नाममा आधारित छन् ।

पुलिसलाई विश्वास गर्ने हो भने लागुऔषधको नाम मात्र परिवर्तन नभई यस पटक यसको तरिकामा पनि परिवर्तन भएको छ । तस्करहरुले नयाँ वर्षको पार्टीमा लागुऔषधको कारोबारका लागि पार्टीमा भाग लिने आइटम गर्ल्सलाई ताकेका छन् । व्यवसायिक रुपमा एक मोडलिङ गर्ने एक महिलाका अनुसार उनलाई केही व्यक्तिले आफ्नो ब्याग लिएर भित्र जानुपर्ने र उनलाई एक व्यक्तिले पैसा दिएपछि उक्त ब्याग फिर्ता ल्याउनुपर्ने सम्झौता गरेका थिए । साधारण दिनमा एउटा कार्यक्रम गरेबापत् ५ देखि ७ लाख पाइन्छ तर नयाँ वर्षको यो कार्यक्रममा उनलाई १५ लाखको अफर गरेको उनले बताइन् ।

सेलिब्रिटीको नाममा हुँदैन अनुसन्धानः

यी महिलाहरुलाई विश्वास गर्ने हो भने थुप्रै आइटम गर्लले उनीहरुको यस्तो अफरलाई सहर्ष स्विकार्ने गर्दछन् । साधारणतया सेलिब्रिटीको नाममा उनीहरुको अनुसन्धान हुँदैन । मुम्बई पुलिसलाई विश्वास गर्ने हो भने नयाँ वर्षको कार्यक्रममा पाँच तारे होटल, पबका साथै प्राइभेट पार्टीमा ठूलो मात्रामा लागुऔषधको खपत हुन्छ ।

यी बलिउड स्टार्सको नाममा राखिएको छ लागुऔषधको कोडवर्डः

कोडः आलिया भट्ट

अर्थः कोकिन

कोडः कंगना रनोट

अर्थः अफिम

कोडः अनुष्का शर्मा

अर्थः ह्याशिश

कोडः रणबीर कपुर

अर्थः होस्ट

कोडः नरगिस फखरी

अर्थः एक्सटेसी ट्याब्लेट

कोडः रणबीर सिंह

अर्थः पेडलर

कोडः प्रियंका चोपडा

अर्थः एलएसडी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१