साउन लाग्ने बित्तिकै मेहन्दी,रातो, पहेंलो र हरियो चुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७१, सोमबार १६:४५

काठमाडौ, ५ साउन ।  हिजोआज महिलाहरु भेट हुने बित्तिकै आफ्नो हात देखाएर र अर्कोको हत्केला हेरेर यसैगरी मेहन्दी र चुराको कुरा गर्छन् । ‘नर्सरीमा पढ्ने सानी नानीहरुले पहिले हात जोडेर नमस्ते गर्थे, अहिले त हत्केला देखाएर नमस्ते मिस भन्छन्’ मन्टेश्वरी स्कुल पढाउने एकजना शिक्षिकाले भनिन् ‘हात जोड्दा मेहन्दी देखिंदैन, त्यसैले उनीहरु मेहन्दी देखाएर रमाइलो मान्छन् ।’
पहिले धर्म संस्कृति मान्ने महिलाहरुमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिलाको लागि फेसन जस्तो भएको छ । महिला र किशोरी मात्रै होइनन्, बालिकाहरुको हातमा पनि बुट्टैबुट्टा भरिएको मेहन्दी देख्न पाइन्छ । चुरा र पोते पनि उस्तै रंगिचंगी देखिन्छन् । पहिले गाउँठाउँमा हत्केलामा तिउरे दल्ने चलन थियो । हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ । मेहन्दी र चुरापोतेको काम गर्ने व्यसायीलाई भ्याईनभ्याई छ ।
साउन लाग्ने बित्तिकै रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनको रुपमा । ‘हरेक संस्कृतिमा महिला सुन्दरताको कुरा गरिएको पाइन्छ । यो सुन्दरता कसरी प्राप्त गर्ने भन्ने उपाय खोज्ने क्रममा मेहन्दी र चुराको पनि प्रयोग बढेको हो’ समाजशास्त्री नीति अर्याल खनाल भन्नुहुन्छ, ‘तर पछिल्ला वर्षहरुमा यसले फेसनको रुप लिएको छ ।’1530532_1445717985644464_832019686_n
एकजनाले लगाएको देखेपछि अर्कोलाई पनि लगाउन मन लाग्छ । त्यसैले संस्कृति र परम्परा नबुझेका किशोरी र बालिकाहरु पनि साउनमा मेहन्दी लगाएर फुरफुर हुन्छन् । ‘यसलाई बजारीकरणको रुपमा पनि लिन सकिन्छ’ अर्यालले भन्नुभयो ‘साउनमै चुरा पोते र मेहन्दीको व्यापार बढ्ने भएकाले व्युटीपार्लर व्यवसायी र मेहन्दी व्यवसायी यसलाई प्रमोशन गर्ने हिसाबले लागेका हुन्छन् ।’
hariyoo
साउनमा महिलाहरुले निकै मन पराउने मेहन्दी नेपालमा बन्दैन । मेहन्दी लगाउने परम्परा सुरु भएको भारतबाटै यहाँसम्म आइपुग्छ । त्यहाँको उत्पादनले यहाँ बजार पाएको छ । चुरा पनि धेरैजसो भारतबाटै भित्रिने गरेको व्यापारीहरु बताउँछन् ।images (1)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१