काठमाडौँ ,८ पुस । भारतीय बजेट एयरलाइन्स कम्पनी स्पाइसजेटले अन्तर्राष्ट्रिय रुटमा भाडादर ह्वात्तै घटाएको छ । क्रिसमस उपलक्ष्यमा डिसेम्बर २५ सम्म बुकिङ गर्ने यात्रुले यो सुविधा पाउनेछन् । टिकट लिएकाहरुले जनवरी १५ देखि अक्टोबर २८ सम्म उडान गरिसक्नुपर्नेछ । स्पाइसजेटले नयाँ दिल्ली, कोलकाता, हैदरवादलाई हब मानेर ४२ वटा बोइङ विमानबाट सेवा सञ्चालन गर्दै आएको छ । स्पाइसजेटले आफ्ना ननस्टप रुटबाट बैंककको भाडा ३ हजार १११ भारतीय रुपैयाँ तय गरेको छ । मस्कट र कोलम्बोको भाडादर पनि त्यति नै छ भने दुबईको भाडादर ४ हजार ७८६ तय गरिएको छ ।
प्रतिक्रिया