एक साबुनको विज्ञापनमा सेलेना र प्रियंका देखिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ पुष २०७३, शुक्रबार ०७:४५

अब, नायिका प्रियंका चोपडाले बलिउड चलचित्र साइन गरिन् भने, त्यो अनौठो कुरा हुने भएको छ । हलिउड प्रोजेक्टमा व्यस्त भएपछि नायिका चोपडाले बलिउड चलचित्रमा काम गर्न छाडेकी थिइन् ।

उनै, चोपडा लामो समयपछि भारत फर्किएकी छिन् । उनले मिडियासँग बताएअनुसार, उनी २ वटा बलिउड चलचित्रमा काम गर्ने तयारीमा छिन् । उनले मिडियासँग भनिन्(‘म २ वटा बलिउड चलचित्रमा काम गर्ने बिषयमा सोचरिहेको छु । संभवत, जनवरीसम्म यो निर्णय गरिसक्छु ।’

यस्तै, नायिका चोपडाले हलिउडकी नायिका तथा गायिका सेलेना गोमेजसँग पर्दा शेयर गर्ने भएकी छिन् । चोपडाका मेनेजरले भारतीय मिडियालाई बताएअनुसार, एक साबुनको विज्ञापनमा सेलेना र प्रियंका देखिनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१