अवैध भीओआईपी नियन्त्रण बाहिर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७१, सोमबार १०:१०

काठमाडौं, ५ साउन  ।
अवैध रुपमा संचालित भ्याइस ओभर इन्टरनेट प्राटोकल (भीओआईपी) विरुद्ध नेपाल प्रहरीले विशेष अभियान संचालन गरेपनि अझै नियन्त्रण बाहिर आउन सकेको छैन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले ४ वर्षअघिबाट थालेको भीओआईपीविरुद्धको अभियान अहिले पनि जारी रहेको छ ।voip

सीआईबीले आर्थिक अपराध अनससन्धान तथा नियन्त्रण पिलर मार्फत भीओआइपी नियन्त्रणमा देशभर विेशष संयन्त्र परिचालन गरेको छ । तर, भीओआईपी सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठित गिरोहहरुका गतिविधी रोकिएका छैनन्, जसका कारण राज्यले अरवौं राजस्व गुमाउँदै आएको छ ।

नेपालमा बसेर भीओआइपी संचालन गर्दै आएका वंगलादेशी गिरोहका मोजाम मोहम्मद, मोहम्मद सेराबुजामान र मोहम्मद सिालेह अहमदलाई प्रहरीले ०६७ पुस ११ गते बालुवाटारबाट पक्राउ गरेको समाचार कारोबार दैनिकमा छापिएको छ । ४ वर्ष अघि ३ हवार ४१ वटा सिमकार्ड र अत्याधुनिक प्रविधिसहित क्रिाउ परेको उक्त गिरोह नै नेपाल प्रहरीका लागि भिओआईपीविरुद्धको पहिलो कारबाही थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१