बेरोजगार युवाले सरकारबाट बिनाधितो ५ लाख रुपैयाँ ऋण पाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०७३, बिहीबार ०९:०७

काठमाडौँ , ७ पुस ।  बेरोजगार युवाले सरकारबाट बिनाधितो ५ लाख रुपैयाँ ऋण पाउने भएका छन् ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत यसअघि २ लाख रुपैयाँ ऋण पाउने व्यवस्था भएकोमा अब त्यसलाइृ ५ लाख बनाइएको हो ।

कोष सञ्चालनसम्बन्धि नियमावली मन्त्रिपरिषद्बाट स्वीकत भएपछि बेरोजगारले बिनाधितो ५ लाख ऋण पाउनेछन् ।

२४ मंसिरको कोष सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था र सहकारी संस्थामार्फत प्रदान गर्दै आएको विनाधितो ऋणको सीमा पनि ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पुर्याएको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

कोषले युवालाई दिँदै आएको ऋणको ब्याजदर पनि २ प्रतिशत विन्दुले कटौती गरेको छ ।

यसअघि १२ प्रतिशत ब्याजदर रहेकोमा त्यही बैठकले १० प्रतिशतमा सीमित गर्ने निर्णय गरेको छ ।

कोषले चालु आर्थिक वर्षमा थप ५० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१