काठमाडौँ ,६ पुस । जापान सरकारको सहयोगमा निर्माण हुने नागढुंगा नौबिसे सुरुङ मार्गमा मोटरसाइकल चलाउन नपाइने भएको छ।
राजधानीको मुख्य प्रवेशद्वार सधै जाममा परेको भन्दै जापान सरकारले निर्माण गरिदिन लागेको उक्त सडकमा मोटरसाइकल चलाउन भने नपाइने सडक विभागका वैदेशिक महाशाखा प्रमुख संजय कुमार श्रेष्ठले जानकारी दिए।
आवागमनको सुरक्षा र रोड सुरक्षाको कारणले उक्त सुरुङमा मोटरसाइकल अन्य सवारीमा बोकाएर लैजानुपर्ने उनले बताए। ‘सुरुङभित्र मोटरसाइकलमा यात्रा गर्नेबाट हुन सक्ने अपराधिक क्रियाकलाप नहोस् भनेर हामीले यस्तो प्रावधान राखेका हौँ’ श्रेष्ठले सेतोपाटीसँग भने, ‘सुरुङमा मोटरसाइकलको प्रवाह धेरै हुँदा यात्रा असुरक्षित हुने भएकाले पनि निषेध गरिने भएको हो’
जाइकाले गरेको प्रारम्भिक अध्ययन अनुसार सुरुङमार्गको यात्रालाई अझै सुरक्षित र भरपर्दो बनाउनको लागि विभिन्न नियमहरु बनाइनेछ।
मान्छे र मोटरसाइकल कसरी पार गर्नेरु
श्रेष्ठले दिएको जानकारी अनुसार सुरुङमार्ग पार गर्नको लागि त्यहाँ रहेका गाडीले मोटरसाइकल र चालकलाई यात्रा गराउने छन् र त्यसको शुल्क पनि लाग्नेछ। पछाडि मोटरसाइकल राख्ने र अगाडि मान्छे बस्नेगरी डिजाइन गरिएका साधनले उक्त काम गर्ने श्रेष्ठले जानकारी दिए।
गएको वर्ष भएको अध्ययनअनुसार त्यसरी मोटरसाइकल पार गराउँदा २५ रुपैयाँ शुल्क निर्धारण गरिएपनि निर्माण भइसक्दा उक्त दरमा केही घटबढ हुन सक्ने उनले बताए।
यस्तो हुनेछ सुरुङमार्गको टाइमलाइन
जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले तयार पारेको सम्भाव्यता अध्ययनपछि उक्त मार्ग निर्माणको लागि वातावरणीय अध्ययन पनि पारित भइसकेको श्रेष्ठले जानकारी दिए। उनका अनुसार उक्त मार्ग निर्माण गर्दा त्यहाँ कुनै पनि वातावरणीय क्षति हुँदैन।
‘वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको वातावरण अध्ययन ९इआइए० अनुसार त्यहाँ सडक बनाउँदा कुनै पनि वातारणीय क्षति हुँदैन’ उनले भने।
गएको मंसिर १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सुरुङमार्ग निर्माणको लागि जापानी ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको थियो। भोलि बिहीबार उक्त मार्ग निर्माण गर्ने तयारीको लागि सम्भmौता हुने भएको छ।
यो सम्झौतापछि मात्र डिपिआर तयारको लागि कन्सलट्यान्ट हायरको लागि सूचना निकाल्ने तयारी पनि अन्तिम चरणमा पुगेको श्रेष्ठले जानकारी दिए। तीन महिनाभित्र कन्सलट्यान्ट नियुक्त भएर उसले एक वर्षभित्र काम सम्पन्न गरिसक्ने उनले दावी गरे।
जापान सरकारले सहुलियत ब्याजदरमा १७ अर्ब रुपैयाँ ऋण सहयोग दिने यो आयोजना सन् २०१९ बाट सुरु भएर त्यसको तीन वर्षमा तयार भइसक्ने अधिकारीहरुको दाबी छ। आयोजनाको लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।
अहिलेसम्म सबै काम योजना अनुसार नै अगाडि बढेकोले कुनै पनि हालतमा ढिला नहुने श्रेष्ठको भनाई छ। उक्त निर्माण सम्भmौता भएपछि जग्गा अधिग्रहण, आयोजनाको मोडालिटी सम्बन्धि कामहरु हुँदै जाने उनले जानकारी दिए।
नागढुंगाको जामबाट मुक्ती मिल्ने
राजधानीबाट बाहिरिँदा वा भित्रिँदा ३ घण्टाभन्दा बढी समय जाममा बस्नुपर्ने बाध्यता रहेको छ। २ दशमलब ६ किलोमिटरको यो मार्ग निर्माणपछि यहाँ जाम त के २० मिनेटमै क्रस गर्नसकिने अधिकारीहरुले बताएका छन्। ्
जम्मा ६ किलोमिटरको यो बाटोमा २।६ किलोमिटर लम्बाइ रहने सुरुङ निर्माण भइसकेपछि हालकोभन्दा ८ किलोमिटर बाटोको दुरी पनि कम हुने प्रारम्भिक अध्ययनको निष्कर्ष रहेको छ।
२ वटा पुल, २ वटा कल्भर्ट निर्माण हुने यो बाटोमा दुबैतिर १ मिटरको फुटपाथ निर्माण हुने श्रेष्ठले जानकारी दिए। सडकको चौडाइ भने १२ मिटरको हुने छ।सेतोपाटी बाट
प्रतिक्रिया