अष्ट्रेलियामा पशुपतिनाथको मन्दिर निर्माण अभियान सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ पुष २०७३, मंगलवार १६:१२

सिड्नी । नेपाली हिन्दु समाज अष्ट्रेलियाले सिड्नीमा पशुपतिनाथको मन्दिर निर्माण अभियान सुरु गरेको छ । नेपाली हिन्दु समाज अष्ट्रेलिया सन् २०११ देखि सिड्नीमा बैदिक सनातन धर्म, संस्कार र सँस्कृति संरक्षण अभियानमा क्रियाशिल छ । सो संस्थाले स्थापनाकालदेखि नै नेपाली कला, धर्म, सँस्कृति, चाडपर्व र परम्परा भित्रका मूल्य मान्यता एवं महत्वलाई निरन्तरता दिँदै आइरहेको छ । अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय तथा वैदिक सनातन ॐ कार परिवारहरुको समेत सहभागिता र सहयोग जुटाई पशुपति नाथ मन्दिर स्थापनाको अभियान सुरु गरिएको समाजका अध्यक्ष सुर्य गौतमले जानकारी दिए । ‘नेपाली कला र नेपाली गौरवतालाई विश्वमा चिनाउने उद्देश्य राखेर निकट भविश्यमा नै अष्ट्रेलियाको सिड्नी क्षेत्रमा हाम्रो आस्थाको केन्द्र भगवान पशुपतिनाथको मन्दिर निर्माण गर्छौं,’ सस्थाको तर्फबाट पं. प्रकाश ढोडारीले जानकारी गराउनुभयो । सोही अभियानलाई सार्थक बनाउन प्रथम प्रयास स्वरुप ग्रान्भिलमा ‘ॐकार भजन सन्ध्या’ कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रम नेपाली हिन्दु समाज अष्ट्रेलिया, ॐकार ध्वनि परिवार र ग्रान्भिल नेपाली कम्यूनिटी क्लबको सयुक्त हातेमालोमा डिसेम्वर महिनाको १८ तारिख आइतबारका दिन ग्रान्भिल यूथ एण्ड कम्यूनिटी रिक्रियसन सेन्टरमा गरिएको थियो । दिउँसो ३ बजेदेखि साँझ साढे सात बजेसम्म चलेको कार्यक्रममा ८ हजार अष्ट्रेलियन डलर संकलन भएको थियो । कार्यक्रमको शुरूमा भारतको दिल्लीबाट आएकी योगा शिक्षिका ज्योती आनन्दबाट योग अभ्यास गराइएको थियो ।त्यसपछि नेपालबाट अष्ट्रेलियाको भ्रमणमा रहेका ॐकार परिवार नेपालका अध्यक्ष हिमालय टेलिभिजनमा ॐकार ध्वनि कार्यक्रम सञ्चालन गर्दै आएका श्री मुकुन्द शर्माले ठूलो संख्यामा उपस्थित भक्तजनसामु भजन सन्ध्या कार्यक्रमलाई अघि बढाएका थिए । सिड्नीमा श्री पशुपतिनाथ मन्दिर निर्माण हुनु समस्त नेपालीहरुको गौरवको कुरा हो यस्ले नेपाललाई विश्वमा चिनाउन र सनातन धर्म सँस्कृति सम्रक्षण गर्न नीकै टेवा पुग्दछ त्यसैले सच्चा भावनाले नेपाली हिन्दू समाज अष्ट्रेलियासँग सबै नेपाली समुदायहरुले हात्तेमालो गर्नुपर्छ भन्दै भक्तपुरमा केदारनाथको शिर भाग डोलेश्वर महादेव क्षेत्रको बिकासको उदाहरण दिदै त्यसै गरी यस अभियानमा नेपालबाट पनि समस्त ॐकार परिवारको साथ सहयोग रहने कुरामा विस्वस्थ रहन सबैलाई आग्रह गर्दै उहाले सदाबहार आधुनिक तथा लोक भजन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ग्रान्भिल नेपाली कम्यूनिटी क्लवका अध्यक्ष राम रूवालीले पशुपतिनाथ मन्दिर निर्माणको आवश्यकताबारे प्रकाश पारेका थिए । कार्यक्रममा हिन्दु समाज अष्ट्रियाले स्थापनाकालदेखि अहिलेसम्म गरेको कामको वृत्तचित्र देखाइएको थियो । हिन्दु समाज अष्ट्रियाको स्थापनाकालदेखि अहिलेसम्म योगदान पुर्‍याएका बिशिष्ठ ६ जना ब्यक्तित्वहरु भिमप्रसाद पौडेल, जानकी पौडेल -संयुक्ta), शंकर गुरूङ, नारायण भट्ट, श्याम घिमिरे, प्रिती शर्मा घिमिरे र मुकुन्द शर्मालाई प्रमाणपत्रले सम्मान समेत गरिएको थियो । नेपाली हिन्दु समाज अष्ट्रेलियाको सचिव प्रन्चना शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१