काभ्रे घटना : कहिलेसम्म पश्रय पाइरहन्छ बोक्सी प्रथाले ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ पुष २०७३, मंगलवार १५:२०
  • अनिस्मा बस्नेत । ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नारासहित देशव्यापी रूपमा अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बेला गत शनिबार दैनिकहरुको पहिलो पृष्ठमा ‘बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिट, मिलापत्र गरेको २४ घन्टा नबित्दै लक्ष्मीको मृत्यु’ भन्ने शीर्षकमा समाचारले विहान काभ्रेमा मात्रै नभई देशभरि समेत सनसनी मच्चाईसकेको थियो ।

घटनास्थल काभ्रेपल्चोक सदरमुकाम धुलिखेलबाट ६७ किलोमिटर टाढा कच्ची बाटोहुँदै वाङथली–७ सिरानचौर पुग्नेहरुको लहरको नै लाग्न थालेको थियो ।
स्थानीय सूर्योदय माध्यमिक विद्यालयका शिक्षक हीरा लामा लगायतले विद्यालयको चौउरको पोलमा बाँधेर निर्ममतापूर्वक बोक्सीको आरोपमा मलमूत्र खुवाएर लक्ष्मी परियारलाई कुटपिट गरी गभ्भिर घाईते बनाएका थिए ।

एउटी दलित महिलालाई स्थानीय माविका शिक्षकले दिसा खुवाएर कुटपिट गरेर मलमूत्र खुवाएको र प्रहरीले मिलापत्र गराएको २४ घण्टा बित्न नपाउँदै महिलाको लास भेटिएको थियो ।
प्रहरी प्रशासनले पीडित महिलालाई न्याय भन्दापनि पीडा दिने काम ‘गाउँघरको झगडा भन्दै गाउँको झगडा गाउँमै मिलापत्र गरेका थिए ।

दलित महिलालाई मलमूत्र खुवाएर कुटपिट गरेको घटनामा मिलापत्र गराउनेमा नेपाल प्रहरीका सई प्रेमपुकार चौधरी थिए ।

निजको सन्तानको हेरविचार र शिक्षाको जिम्मा सरकारले लिनुपर्छ । एक्काइसौं शताब्दीमा आएर पनि बोक्सीको आरोपमा एउटी निरिह महिलामाथि क्रुर हत्याको समाचार पढ्नेहरु जो कोही स्तब्ध नहुने कुरै थिएन ।

त्यसमाथि पनि एउटा शिक्षित अनि राज्यको तलब खाएर भविष्यका कर्णधार बालबालिकाहरूको लागि उज्यालो बाटो देखाउन नियुक्त शिक्षकले यस्तो घट्ना आफैले घटाउँदा सानो पीडा थिएन ।

फेसबुकका भित्ताहरुमा कडा रुपमा विरोध भईरहेका थियो । दोषी हिरा लामामाथि हदैसम्मको कारवाही हुनुपर्छ भन्ने बहस भईरहेको थियो । पीडित परिवारको लागि न्याय, उचित क्षतिपूर्ति र जुन घटना प्रत्यक्ष्य देखेको हुँदा मानसिक असरको कारण बच्चाहरू विशेष व्यवस्थाको आवश्यक देखिन्छ भन्नेहरु समेत धेरैको तर्क थियो ।

समानताको र आमुल परिवर्तनको लागि पटक–पटक लड्ने हामीले हाम्रो मानसिकताको लागि किन लड्न सकेनौं रु

एउटा कुरा के स्पष्ट छ भने लक्ष्मीलाई हत्या गर्ने हामी कुनै पार्टीमा छौँ वा भोली कुनै पार्टीमा प्रवेश गर्छौं । हामीलाई त माफ हुन्छ । तर धेरै लक्ष्मीहरु मारिने क्रम रोकिने छैन । जबसम्म हाम्रो दिमागमा त्यो चेतना घुस्दैन् तबसम्म हुनेवाला केही छैन् ।

राज्यले अजित मिजारको हत्यारालाई संरक्षण गरेको हिजो हो, अब लक्ष्मी परियारको हत्यारालाई संरक्षण गर्छ त रु तसर्थ लक्ष्मीको हत्यारा हामी हौँ र त्यसको ठेकेदार अहिलेका राजनैतीक दल र वर्तमान राज्य नै हो जसले हामीलाई संरक्षण गरेको छ ।

शिक्षकले आफूले हासिल गरेको शिक्षा स्कुल, कलेज या औपचरिक, अनौपचारिक, या अन्य माध्यमबाट लक्षित वर्गमा ज्ञान बाँड्दछ । समाज परिवर्तनको एक अभिन्न अगंको रूपमा लिईन्छ । तर त्यहि शिक्षित र सचेत अझ सामाजिक जस्तो बिषयमा अध्यापन गराउने शिक्षकले नै गाउँकी महिलालाई बोक्सीको आरोपमा मानव मलमुत्र खुवाएर कुटपिट गर्दै मार्छ वा नारी मर्छे भने एक पटक सोच्नुस् त हामी कुन २१औं शताब्दिका मानव हौँ ।

राज्यले अजित मिजारको हत्यारालाई संरक्षण गरेको हिजो हो, अब लक्ष्मी परियारको हत्यारालाई संरक्षण गर्छ त रु तसर्थ लक्ष्मीको हत्यारा हामी हौँ र त्यसको ठेकेदार अहिलेका राजनैतीक दल र वर्तमान राज्य नै हो जसले हामीलाई संरक्षण गरेको छ ।
बोक्सी आरोप कोहीमाथि कसैले पनि लगाउन नपाउने, लगाएमा आरोप लगाउने व्यक्ति कारबाईको भागी बन्ने कानुन मौखिक तथा लिखितरूपमा हाम्रो मुलुकमा लागू भैसकेको पनि आज १७१ वर्ष भन्दा बढी भइसकेको छ अझ भनौ भने भीमसेन थापा प्रधानमन्त्रि हुँदै हामीले स्वीकार गरिसकेको कुरा हो ।

यदि यहाँ कोहि बोक्सी हुने थियो र उसको मन्त्र हुने थियो भने साँच्चै यो संसारका सबैभन्दा धनी र उच्च खानदानमा उनीहरू हुन्थे होलान् । बोक्सिको मन्तर गरेर नै सबै पुग्थ्यो होला । किन एक छाक खानकै लागी हात जोडेर भिख माग्नु पर्थ्यो होला र रु त्यो मन्त्रले कसैको मन फर्काउन सक्ने, विरोधीलाई मार्न सक्ने हुन्थे होला रु किन आफैँ मर्नु पर्थ्यो र रु आम मानिस भन्दा अलिकति फरक शक्ति वा मन्त्र उनीहरूसँग हुन्थ्यो भने बोक्सीको आरोप लगाउँदै मानवमलमुत्र खुवाउँदै शारीरिक तथा मानसिक यातना दिन आउनेहरूलाई किन यतिकै छाडिदिन्थ्ये होला र ।

यस्ता हावादारि झूटो आरोप लगाएर गरिव निर्दोष असाय असिक्षित महिलाहरूलाई सामाजका ठुलाबढा शिक्षित भनिएका खोक्ररे भलाद्मीहरूको दुःख दिने, होच्याउने कार्य मात्र हो भन्ने कुरालाई संयौँ वर्ष पहिले हाम्रा पुर्खाको पाला देखि नै हामीले स्वीकार गरिसकिएका छौं । त्यसैले तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले बोक्सी प्रथा अन्त्यको घोषणा गरेका थिए ।

विशेषगरी हामीले हाम्रो समाजमा आज गरिब, असहाय, वृद्धा, एकल दलित, जसको बोलिदिने कोहि हुदैन , सुनिदिने कोहि हुदैन । त्यस्ता महिलाहरूमाथि बोक्सीको आरोप लाग्ने गरेको पाउँछौँ । बोक्सीको आरोपमा महिलाहरू जति पिडित छन् त्यसको तुलनात्मक दृष्टिकोणले हेर्दा पुरूषहरू बिरलै पाईन्छन् ।

मुख्यतस् आर्थिक असमानता, लैङ्गिक विभेद र दण्डहीनताको कारण हाम्रो मुलुकमा बोक्सी प्रथाले प्रश्रय पाइरहेको छ । कानुन रहे पनि कानुन कार्यान्वयन एकाइ फितलो छ । यसको अन्त्यका लागि सरकार, राजनीतिक दल र सामाजिक संघसंस्था सधैँ क्रियाशील र संवेदनशील बन्न जरुरी छ । अन्यथा सभ्यताको चरमोत्कर्षमा पुगेको मानव समाजमा हाम्रो मूल्याङ्कन कुन किमिसले विश्व जनसमुदायले गर्ला बिचर गर्नुपर्छ । साँच्चै भन्ने हो भने यस्तो घटनामा पीडितलाई सुरक्षा दिने निकायले अन्धविश्वासले ग्रस्त रहने गरेको देखिएको छ । अन्यथा राज्यले कंलकको रूपमा स्वीकार गरेको विषयमा किन तत्काल कारबाही गरिएन ?

जबरजस्ती मूलमुत्र ख्वाउने, निर्मम रूपले कुटपिट गरी गाउँबाट निकाल्ने, आँखा फोर्ने, अंगभंग गर्ने र कुट्दाकुट्दै मार्ने समेतका घटना गाउँ–गाउँ र सहरहरूमा समेत लगातार भइरहेका छन् ।

उस युगका एउटा बुद्धले जातपात, छुवाछूत जस्ता अन्धविश्वासविरूद्ध नयाँ मानवीय दर्शनसहित व्यापक अभियान चलाएका थिए । उनको मानवीय ज्ञानको प्रकाशले टुनामुना, बोक्सी, झाँक्री जस्ता रूढीवादी अन्धविश्वास हराउँदै गएका थिए । विवेकहीन समाजमा असंख्य ‘आम्रपाली’हरू बुद्धको आलोक पाएर मानवीय समता र मर्यादाको गरिमामय जीवन बाँच्न सफल भएका थिए ।

तर अहिले आफूलाई माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादका व्याख्याता ठान्ने कम्युनिष्टहरू आधुनिक पुँजीवादी दर्शन र समाज व्यवस्थाको स्पष्ट विकल्प दिनु त परै जाओस्, जनतालाई मध्ययुगीन झाँक्री र बोक्सी प्रथा जस्ता अन्धविश्वासबाट मुक्त गर्ने अभियान चलाउन समेत असमर्थ भएका छन् । बरू त्यसको उल्टो अहिले कतिपय कम्युनिष्ट नेताहरूका दिमागमा उल्टै मध्ययुगीन झाँक्री तन्त्र सवार भएको छ । उनीहरू इतिहासले निषेध गरेका जातपातका गणतन्त्र र दलितहरूका सीमाहीन राज्य स्थापना गर्ने उन्मादी ‘झाँक्रीतन्त्र’ तिर उन्मूख हुँदै आएका छन् ।

विज्ञानसम्मत नयाँ समाज व्यवस्थाको स्थापना र विकास गर्ने महायात्रामा झाँक्री बोक्सी जस्ता अन्धविश्वासविरोधी वैज्ञानिक सांस्कृतिक अभियानको कति ठूलो ऐतिहासिक महत्व हुन्छ । आफैले आदर्श मानी अंगालेको माक्र्सवाद र माओ विचारधाराले झाँक्री दर्शन र बोक्सी आरोपबाट उत्पीडित महिलाको उन्मुक्तिनिम्ति कस्तो अभियान चलाउने भन्ने सोच्नुपर्दछ । बालकको बोलि सुन्नुस
https://youtu.be/kOTNLaJOIlc

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१