यी अभिनेत्री जसले ९९ वर्षमा ९ विवाह गरिन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ पुष २०७३, मंगलवार १०:५०

चासको दशककी निकै चर्चित हलिउड अभिनेत्री जसा गाबोरको हृदयघातका कारण आइतबार मृत्यु भएको छ । उनी ९९ वर्षकी थिइन् ।

उनका श्रीमान् फ्रेडरिक वान अनहाल्टले उनको मृत्युको जानकारी दिए ।

उनले करिब ८० फिल्ममा काम गरिन् । उनी अभिनयका साथै बहुविवाह र जीवनशैलीका कारण चर्चामा थिइन् ।

उनको जन्म हंगेरीको बुडापेस्टमा सन् १९१७ मा भएको थियो । उनी सन् १९३६ मा मिस हंगेरी चुनिएकी थिइन् ।

एक सैनिककी कान्छी छोरी गाबोर सर्जन बन्न चाहन्थिन् तर आमाको करकापले उनी बाध्यतावश फिल्मी क्षेत्रमा आइन् ।

सन् १९३७ मा उनले टर्कीका एक बुद्धिजीवी बुरहान असफसँग विवाह गरिन् । यो उनको नवौं विवाहमध्ये पहिलो विवाह थियो जुन सन् १९४१ सम्म चल्यो ।

त्यतिबेला उनको आमा–बुवाको पनि सम्बन्धविच्छेद भयो । त्यतिबेलै उनी आफ्नी दिदीसँगै अमेरिका गइन् ।

गाबोरको पहिलो विवाह २० र अन्तिम विवाह ७० वर्षको उमेरमा भएको थियो ।

अमेरिकामा नै उनले सन् १९५२ मा पहिलो फिल्म गरिन् । त्यतिबेलासम्म गाबोरले तीन विवाह गरिसकेकी थिइन् । तेस्रो श्रीमान् थिए अभिनेता जर्ज स्यान्डर्स ।

उनले दोस्रो विवाह होटल व्यवसायी कोन्रेयाड हिल्टनसँग गरेकी थिइन् ।

गाबोरले आफ्नो फिल्मी करियरको क्रममा जम्मा ७० वटा फिल्ममा अभिनय गरिन् ।

उनी आफ्नो समयकी सेलिब्रिटी थिइन् जो ९ वटा विवाहका लागि चर्चित बनिन् ।

सन् १९९३ मा उनले आफ्नो आत्मकथा ‘वन लाइफटाइम इज नट इनफ’ लेखिन् । उनले उक्त किताबमार्फत आफ्नो जीवनमा थुप्रै अन्जान कुनालाई सबैको सामू छरपस्ट पारिन् ।

उनको किताबमा उनले आफू १५ वर्षको हुँदा कुमारित्व गुमाएको बताइन् । उनको डायलग ‘प्रेम गरिनु तपाईंको ताकत हो । प्रेम गर्नु कमजोरी’ अहिलेसम्म निकै चर्चित छ । रातोपाटी बाट

o

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१