‘म अनवान्टेड छोरी हुँ : कंगना रनौट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ पुष २०७३, मंगलवार ०७:२८

बलिउड अभिनेत्री कंगना रनौटले कुनै समय भनेकी थिइन्, ‘म अनवान्टेड छोरी हुँ ।’ अन्तर्वार्तामा यस्तो खुलासा गरेपछि उनीबारे अनेक टीकाटिप्पणी भएका थिए । त्यही अन्तर्वार्तामा उनले अर्को पनि प्रसंग जोडेकी थिइन्, ‘म बुवाको इच्छाविपरीत अभिनयमा लागेँ ।’


बाबुको इच्छाविपरीत अभिनयमा लागेकी कंगना अहिले बलिउडकी स्थापित नायिकामध्ये एक हुन् । त्यसैले पनि उनले दिने अभिव्यक्ति अहिले बारम्बार चर्चामा आउँछन् । २९ वर्षीया यी अभिनेत्रीले केही दिनअघि दिएको अन्तर्वार्ता अहिले चर्चामा छ । उनले अन्तर्वार्तामा भनेकी छिन्, ‘अब मलाई बच्चा चाहिन्छ भन्ने महसुस हुन थालिसकेको छ ।’

तर, आफूले यसअघि यस्तो कुरा गर्ने कहिल्यै नसोचेको उनको तर्क छ । उनले भनेकी छिन्, ‘मैले यस्तो कुरा गर्छु भन्ने यसअघि कहिल्यै सोचेकी थिइनँ, तर अब म आफ्नो मनका कुरा कन्ट्रोल गर्न पनि त सक्दिनँ ।’ नयाँ पत्रिकाबाट ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१