इजरायलले बनायो मोबाइल एप्लीकेसन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ श्रावण २०७१, आईतवार ०९:४७

(एजेन्सी) तीन इजरायली युवाहरुको हत्यापछि इजरायली पक्षबाट पनि प्यालेस्टाइनका युवाको हत्या भएपछि यतिबेला दुई देशबीच घमासान युद्ध जारी छ । प्यालेस्टाइनबाट इजराायल तर्फ रकेट प्रहार हुने र इजरायली पक्षबाट मिसाइल प्रहार हुने श्रृंखला आज पनि जारी छ । पछिल्लो भिडन्तमा एकसय भन्दा बढी प्यालेस्टाइनीहरुको ज्यान गइसकेको छ ।
यसरी दुई देशबीच भिडन्त जारी रहँदा इजराइलमा यस्तो मोबाइल ऐप्लिकेसन तयार गरिएको छ जसले प्यालेस्टाइनबाट हानिएको रकेटको सूचना दिन्छ र इजरायलीहरुलाई पहिलेनै सतर्क हुन जानकारी दिन्छ ।mobile-apps
यसअघि पनि इजरायलमा ‘रेड अलर्ट’ नामक प्यालिस्टाइनी रकेटको सूचना दिने सेवा प्रयोग हुँदै आएको थियो । यसलाई इजरायली वायुसेना र होम फ्रन्ट कमाण्डले प्रयोग गर्थे । अहिले मोबाइल ऐपको मद्दतले यही रेड अलर्टको हरेक मानिसको मोबाइलमा रकेटबारे सूचना दिइनेछ ।
रेर्ड अलर्टलाई दुई इजरायली आरी स्प्रुंग र कोबी स्नायरले तयार गरेका हुन् भने यस ऐप अमेरिकाको सान फ्रान्सिस्को निवासी एक इजरायलीले बनाएका हुन् ।
यद्यपि विशेषज्ञहरुले यसलाई आधी तयारीमा शुरु गरिएको भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१