बलिउड बालाको फिटनेस रहस्य हेर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ पुष २०७३, सोमबार ०७:५१
ऐश्वर्या राय
ऐश्वर्याको सुन्दरताको चर्चा बलिउडदेखि हलिउडसम्म छ । उनलाई सौन्दर्यकी प्रतिमूर्ति मान्ने धेरै छन् । मेकअपमा ध्यान दिनुबाहेक उनी खानपिन र व्यायाममा पनि उत्तिकै ध्यान दिन्छिन् । ऐश्वर्या फ्राइड खाना, बजारका प्याकेट बन्द खाने कुरा केही खाँदिनन् । मदिराजन्य पदार्थ र धूम्रपानबाट पनि टाढै बस्छिन् । शरीरलाई आवश्यक भिटामिन र खनिज पदार्थयुक्त शाकाहारी खाना खान्छिन् । सार्वजनिक कार्यक्रममा सहभागी हुन जाँदा हेभी मेकअप गरेर जाने गरेकी उनी प्राकृतिक पद्धतिबाट सुन्दरतामा निखार ल्याउनुपर्छ भन्ने मान्यता राख्छिन् । उनी अनुहारमा बेसन, दूध र बेसारको लेप लगाउने गर्छिन् । दहीले छाला म्वइस्चराइज गर्छिन् र मसिनोसँग पिनेको काँक्रोको फेसप्याक लगाउने गर्छिन् । हरेक बिहान उनी मह, कागती र तातो पानीको लोसन शरीरमा दल्ने गर्छिन् ।
 
दीपिका पादुकोण
‘हेभी मेकअप’ नगरेको अवस्थामा दीपिका काली छिन् । घाँटी र छातीका देखिने भागमा अनेक सौन्दर्य सामग्री दलेर उनले आफूलाई सार्वजनिक स्थानमा उज्यालो देखाउने गरेकी छिन् । बलिउडकी चर्चित अभिनेत्री उनी बाहिर निस्कँदा सनब्लक लोसनले छालालाई घामबाट जोगाउने गर्छिन् । कामबाट राति घर फर्किएपछि अनुहारमा लगाएको सबै मेकअप राम्रोसँग धोएर हाइड्रेटिङ क्रिम दल्ने गर्छिन् । कपाललाई चम्किलो राख्न उनी हरेक दिन नरिवलको तेलले कपाल मसाज गर्छिन् । ‘तपाईं कसरी यति फिट र ब्युटिफुल हुनुहुन्छ’ भनी कसैले सोध्यो भने दीपिकाको जवाफ हुन्छ– ‘प्रशस्त तरकारी खानुस्, मस्तसँग निदाउनुस्, नियमित व्यायाम गर्नुस् र नराम्रो विचारलाई मनमा सकेसम्म आउन नदिनुस् । तपाईं पनि मजस्तै देखिनुहुन्छ ।’
 
प्रियंका चोपडा
अभिनेत्री प्रियंका चोपडा पनि दीपिका पादुकोणजस्तै कालो वर्णकी छिन् । दीीपकाले झैँ उनले पनि हेभी मेकअपले सार्वजनिक स्थानमा अनुहारको वास्तविक रङ छोप्ने गरेकी छिन् । अनुहारको सुन्दरतासँगै छरितो फिगर मेन्टेन गर्न पनि उत्तिकै सचेत छिन् । उनी हरेक दिन घरमा नृत्य गर्छिन् । साथै, व्यायाम र योग पनि गर्छिन् । कपाल दह्रो बनाउन उनी तातो तेलले कपाल मसाज गर्छिन् । यसो गर्दा कपाल आकर्षक र दह्रो हुनुको साथै फुर्तिलो महसुस हुने उनको अनुभव छ । प्रियंकाको ओठ अलिक बढी फुट्ने गर्छ । त्यसैले घर बस्दा उनी ओठमा दूधको क्रिम लगाउने गर्छिन् । बाहिर हुँदा ईओएस ब्रान्डको लिपबाम लगाउने गर्छिन् । जतिसुकै थकित भएर अथवा मातेर घर फर्किएपछि राति मुख नधोई सुत्न जाने प्रियंकाको बानी छैन । आँखा वरिपरि लगाएको मेकअप रिमुभ गर्न उनी अतिरिक्त समय लिने गर्छिन् । खासगरी आँखा र ओठलाई बढी स्याहार्नु पर्ने उनी बताउँछिन् ।
 
शिल्पा शेट्टी
अभिनेत्री शिल्पा शेट्टी व्यापारी पनि हुन् । तर, अभिनयपछि उनी व्यापारीभन्दा बढी योग गुरुका रूपमा प्रसिद्ध छिन् । आफू विभिन्न योग आसनमा बसेको डीभीडी तयार पारेर उनले लाखौँ मानिसलाई योग प्रशिक्षण दिइरहेकी छिन् । खासगरी महिलाहरूले उनको सीडी हेरेर योग सिक्ने गरेका छन् । योग गर्नाले आफ्नो तन र मन दुवै फुर्तिलो र स्वस्थ भएजस्तो उनलाई लाग्छ । तन र मन स्वस्थ भए मात्र ग्ल्यामर जगतमा जम्न सकिने भएकाले उनी अनुहारलाई आकर्षक देखाउन ठूलो मेहनत गर्छिन् ।
सुन्दर देखिन उनी किहिल्ज फेसियल म्वइस्चराइजर प्रयोग गर्छिन् । अनुहारमा जस्तै अवस्थामा पनि साबुन लगाउनु हुँदैन भन्नेमा उनी दृढ छिन् । कामबाट फर्किएपछि राति अनुहारको मेकअप हटाउँछिन् र बेबी अइल तथा नरिवलको तेलले अनुहार क्लिन्जिङ गर्छिन् । कपालको हेरचार गर्ने तरिका उनको छुट्टै छ । उनी स्याम्पू र कन्डिसनर बदलिरहन्छिन् । एउटै ब्रान्डको स्याम्पू र कन्डिसनर लगाउनाले कपाल बिग्रने उनी बताउँछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१