इन्डोनेसियामा विमान दुर्घटना, १३ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ पुष २०७३, आईतवार १४:२१

इन्डोनेसियामा आईतबार सेनाको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। टीमीका सहरबाट उडेको हेरकुलेस सी १३० विमान निर्धारित तालिकानुसार अवतरण हुन नसकी पूर्वी क्षेत्रमा आपत्कालिन अवतरण हुन परेपछि दुर्घटना भएको अधिकारीहरुले बताएका छन्।

‘स्थानीय समयानुसार विहान करिब ६ बजे देखि विमान सम्पर्क बिहिन भएको प्राविधिकहरुले बताएका छन्,’ हवाई सेना प्रमुख अगुस सुप्रियत्नले भने। विमान स्थानीय समयअनुसार विहान ६स्१३ मा अवतरण गर्ने तालिका रहेको थियो।

विमानमा एक जना यात्रुसहित १२ जना रहेका थिए। ती मध्ये तीन जना विमान चालक, आठ जना प्राविधिक, एक जना नाविक ९विमानको पथप्रदर्शक० र सुरक्षा अधिकृत रहेका थिए। साथमा केही खाना पनि रहेको सुप्रियत्नले जानकारी दिए।

विमान दुर्घटना भएको क्षेत्र मौसमको बारेमा भविश्यवाणी गर्न नसकिने क्षेत्रको रुपमा चिनिन्छ। दुर्घटना हुनु अगाडी विमान बादलमा छिरेको उनले बताए।

उद्धारकर्ताहरुले विमान भग्नावशेष अवस्थामा भेटिएको बताएका छन्। हवाई सेनाको नियमानुसार १३ जनाकै शव ल्याइएको छ। दुर्घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउन छानविन टोली घटनास्थलमा पठाइ सकिएको पनि उनले जानकारी दिए।

इन्डोनेसियामा यसअघि बोर्नेओमा पनि गत नोभेम्बरमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।

त्यस्तै खराव मौसमका कारण इन्सोनेसियाको सुलावेसीमा गत मार्चमा भएको सेनाकै अर्को हेलिकोप्टर दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो। एएफपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१