सन्नी लियाेनलाई रातको केही मिनेटका लागि चार करोडको अफर !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ पुष २०७३, आईतवार १४:१६

पूर्वपोर्नस्टार सन्नी लियोनीलाई रातको केही समय गीत प्रस्तुत गर्नका निम्ति ठूलो रकमको अफर आएको छ। मुम्बईको एक पाँचतारे होटलले सन्नीलाई एउटा नृत्यु प्रस्तुतिका लागि चार करोडको अफर गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पोर्नस्टारबाट चलचित्रमा जमेकी सन्नीका चलचित्रले राम्रो व्यापार नगरे पनि उनको चर्चा भने उत्तिकै छ । चलचित्रले आम्दानी नगरे पनि उनको व्यक्तिगत आम्दानीमा कुनै असर परेको छैन ।

सन्नीलाई एक रातको केही समय नृत्य गर्नकै निम्ति होटलले चार करोडको अफर गरेपछि उनको चर्चा झन् चुलिएको हो । सन्नीलाई आएको अफरमा नायक साहरुख खनासँग उनले अभिनय गरेको चलचित्र ‘रइस’को गीतमा नृत्य गर्न आग्रह गरिएको छ ।

उक्त चलचित्रमा ‘लैला ओ लैला’ बोलको गीत समावेश भएको छ । उक्त गीतमा सन्नीले फिचरिङ गरेकी छिन् । गीत सार्वजनिक नभए पनि मिडियामा आएको चर्चाकै आधारमा उक्त गीत लोकप्रिय बनिसकेको छ ।

बलिउडमा उक्त गीतको चर्चा सँगै सन्नीको चर्चा थप चुलिएको हो । यही चर्चाका बीचमा एक होटलले सन्नीलाई यस्तो अफर गरेको हो । बलिउड दर्शक समेत पूर्वपोर्नस्टार सन्नी र साहरुखको केमेष्ट्रीको प्रतिक्षामा छन् ।

होटलले नयाँ वर्षको अवसरमा गर्न लागको रात्रिकालिन कार्यक्रममा सन्नीलाई उपस्थित गराउन यस्तो अफर गरेको हो । अन्नपूर्ण पोष्टबाट ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१