करिश्मा बच्चा र सन्दीपका साथ एक हप्ता सिंगापुरमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ पुष २०७३, आईतवार १२:१३

काठमाडौँ । पति सञ्जय कपुरसँग डिभोर्स गरेपछि करिश्मा कपुर अचेल मुम्बईमा रहेको फार्मा कम्पनीका सिइओ सन्दीप तोसनीवालसँग निकट भएकी छिन् । करिश्माले यसपालिको नयाँ वर्ष पनि सन्दीपसँग बिताउने योजना बनाएकी छिन् । करिश्मा केही दिनअघि गर्भवती बहिनी करिनालाई भेट्न सन्दीपका साथ उनको घर गएकी थिइन् । भारतीय अनलाइनले करिश्माले नयाँ वर्ष मनाउन आफ्ना बच्चा र ब्वायफ्रेन्ड सन्दीपका साथ सिंगापुर जाने तयारी रहेको उल्लेख गरेका छन् । करिश्मा बच्चा र सन्दीपका साथ एक हप्ता सिंगापुर घुम्नेछिन् ।नया पत्रिकाले छापेको छ । करिश्माका साथ बस्न सन्दीपले बान्द्रामा अपार्टमेन्ट खोजिरहेको खबर पनि आएको छ । त्यति मात्रै होइन, सन्दीप आफ्नी पत्नी आश्रितासँग डिभोर्स गर्न चाहन्छन् । सन्दीपले महँगो अपार्टमेन्ट किनेर प्रेमिका करिश्मालाई उपहार दिने इच्छा देखाएका छन् । उनी सो अपार्टमेन्टमा करिश्माका सन्तानका साथ बस्न तयार भएको समेत खबर फैलिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१