तोकिएको समयमा संविधान नबन्ने मन्त्रि रिजालको भनाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७१, शुक्रबार १२:४१

काठमाडौँ – सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले माओवादी नसच्चिए समयमै संविधान जारी गर्न नसकिने बताउनु भएको छ । Minendra-Rijal_20140108065235-680x365मन्त्री रिजालले माओवाद हावी भएको ठाउँमा अहिलेसम्म कहीँ पनि संविधान नबनेकाले नेपालमा पनि माओवादीका कारण समयमै संविधान जारी गर्न समस्या देखिएको बताउनु भयो । उहांले विश्वका कम्यूनिष्टहरुले कहिलै पनि जनताको लोकतान्त्रिक संविधान बनाएको इतिहास नभएको र माओवादी पनि विश्वका कम्यूनिष्ट नेताहरुको सिद्धान्तमा हिडेकाले उनीहरुबाट ठूलो आशा गर्न नसकिने दावी गर्नु भयो । मन्त्री रिजालले पटक–पटक रङ्ग परिवर्तन गर्ने माओवादी नेताहरुको सैद्धान्तिक ब्यवहारका कारण पनि उनीहरुमाथि बिश्वास गर्न कांग्रेस र एमालेलाई समस्या भएको उल्लेख गर्नुभयो । कहिले लोकतन्त्रमा विश्वास राख्ने र कहिले आफ्नो कार्यदिशानै लोकतन्त्र नभएको बताउने माओवादीले अबको दिनमा खेल्ने भुमिकाले मात्र सहमतिका आधारमा संविधान जारी हुनसक्ने बताउनु भयो । उहांले पहिले जातीय राज्यको कुरा गर्दै हिडेको माओवादीले दोस्रो संबिधानसभामा आफुले कहिलैपनि जातीयताका आधारमा संघीयता नभनेको मुद्दा अगाडि सारेपनि अहिले संघीयताका विषयमा विभिन्न दलहरुसंग पुनः मोर्चाबन्दी गर्न सुरु गरेको आरोप लगाउनुभयो । उहांले बिगतको पाठ र नेपालको भूराजनीति बुझेर माओवादी नसच्चिए बहुमतका आधारमा भएपनि समयमै संबिधान जारी गर्ने बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१