शुभाङीको जन्मदिनमा भिडियो उपहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७३, आईतवार १८:५७

काठमाण्डौ । ‘जंग बहादुरको कोट’ सहित केहि चलचित्रमा मुख्य नायिकाको रुपमा काम गरिसकेकी नायिका तथा मोडल शुभाङी कोईरालाको जन्मदिनको अबसर पारेर अष्ट्रेलियामा ‘तिमिनै मेरो’बोलको पपगीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

सिड्नीमा निर्माण गरिएको उक्त गीतमा रंग पत्रकार श्यामसुन्दर गिरीको शब्द तथा निर्देशन रहेको छ । गीतमा राज श्रेष्ठको स्वर तथा महेश्वर राज तन्डुकारको संगीत रहेको छ ।

सार्बजनिक गीतमा नायिका तथा मोडल शुभाङी कोईरालालाई नयाँ अनुहार सुरज कुँवरले साथ दिएका छन् । आकर्षक शैलीमा निर्माण गरिएको भिडियोलाई नमित चन्द ठकुरीले खिचेका हुन् भने,नबिन निरौलाले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस् :
https://youtu.be/Uo5gpUZBA74

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१