बच्चाहरू किन गर्छन् धेरै बान्ता ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०७३, शनिबार ०७:१८

दूध पिएलगत्तै बच्चाले बान्ता गरिदिने समस्याले आमाबुबा हैरान भएका हुन्छन् । बान्ता हुँदा बच्चालाई भने खासै पीडा महसुस हुँदैन । दूध पिएलगत्तै डकार आयो भनेचाहिँ बान्ता गर्दैनन् । किन हुन्छ बान्ता रु बच्चाले पिएको दूध मस्कुलर ट्युब ९इसोफेगस० हुँदै पेटसम्म पुग्ने गर्छ । इसोफेगस र पेट जोड्ने एउटा नली हुन्छ । यो नली दूध पिउँदा खुल्छ भने पेटमा पुगेपछि बन्द हुन्छ । तर, दूध बच्चाको पेटमा पुगिसकेपछि पनि नली राम्रोसँग बन्द भएन भने दूध फेरि इसोफेगसमै फर्किन्छ र बान्ता हुन्छ । रोक्न सकिन्छ बान्ता रु बच्चाले बान्ता गरिरहँदा रोक्ने प्रयास नगर्नुहोस् । तपाईंको प्रयास निरर्थक हुन्छ र बच्चालाई असहज पनि हुन्छ । खुवाउनुअघि नै विचार पुर्‍याए समस्या कम गराउन भने सकिन्छ । खाना खुवाउँदा थोरै–थोरै गरेर खुवाउनुहोस्, बरु धेरैचोटि खुवाउनुहोस् । केही खुवाएपछि आधा घन्टासम्म बच्चालाई ठाडो आसनमै राख्नुहोस् । बच्चालाई दूध या खाना खुवाएपछि सुताइहाल्दा छातीमा असहज महसुस हुन्छ । यो खतरनाक पनि हुन सक्छ । ठूलो हुँदै गएपछि बच्चामा बान्ता गर्ने समस्या कम हुँदै जान्छ । तर, ठूलो भएपछि पनि बान्ता रोकिएन भने शारीरिक विकासमा समस्या निम्तिन सक्छ । तरल पदार्थ बान्ता गर्दा श्वासप्रश्वासमै पनि कठिनाइ हुन्छ । केही बच्चामा आउन सक्ने यस्तो समस्याबारे चिकित्सकसँग सल्लाह लिनुहोला ।

प्रतिक्रिया