‘रातो घाँघरा’, ‘उध्रेको चोली’ लगायत जस्ता चर्चित गीतका गायिका इन्दिरा जोशीले आफूलाई माया गर्ने र बुझ्ने ‘जीवनसाथी’को खोजीमा रहेको बताएकी छन् । गायिका जोशीले आफू आफ्नै खुट्टामा उभिन चाहेको भन्दै माया गर्ने र बुझ्ने केटाको खोजीमा रहेको खोलेकी हुन् ।
इमेज च्यानलबाट साप्ताहिक रुपमा शुक्रबार बेलुकी ८:२५ मा प्रशारण हुने कार्यक्रम ‘इ–सेलेब्स’मा अन्तर्वार्ताको क्रममा उनले सो कुरा बताएकी हुन् ।
‘हामी आफ्नै खुट्टामा उभिन चाहन्छौं, आफ्नै बैंक ब्यालेन्स होस्, आफ्नै पैसा खर्च गरौं ।’–अन्तरंग कुराकानीका क्रममा गायिका जोशीले ठट्यौली शैलीमा भनिन्–‘केटाको कमाइ खान नपरोस्, केटाको भनाइ पनि खान नपरोस् ।’
यद्यपि, उनले अहिले नै आफूले विवाहको बारेमा भने केही नसोचेको भन्दै ३० वर्ष उमेर काटेपछि भने घर–परिवारबाट पनि विवाहको लागि प्रस्ताव आउनसक्ने खुलाइन् ।कार्यक्रममा गायिका जोशीको करियर, जीवनशैली, बाल्यकाल, संघर्षका दिनहरु लगायतका विविध पक्ष समेटिएको छ ।साभार -इमेज खबर
प्रतिक्रिया