यी हुन्, मेसी र रोनाल्डोभन्दा ‘डबल’ पैसा कमाउने फुटबल खेलाडी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७३, शुक्रबार ०५:५७

विश्वका अत्याधिक फुटबल समर्थकलाई सामान्य जानकारी भएको विषय हो, पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेसी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक पारिश्रमिक लिने खेलाडीको पंक्तिमा माथि पर्छन्।
तर, यी खेलाडीलाई पारिश्रमिकको विषयमा पछाडि छोड्ने एक खेलाडीको नाम सार्वजनिक भएको छ। जो पाँचपल्टको विश्व च्याम्पियन मेसीभन्दा लगभग दुई गुणा पैसा पारिश्रमिक लिन्छन्।
भर्खरै सार्वजनिक भएको एउटा गोप्य दस्तावेज अनुसार मेसीकै समकक्षी अर्जेन्टिनाका एजिक्युल लाभेजी विश्व फुटबलका दुई चर्चित हस्ती रोनाल्डो र मेसीभन्दा लगभग दुई गुणा पारिश्रमिक लिन्छन्।
यसै वर्ष लाभेजी फ्रान्सको पेरिस जेन्ट जर्मनी ९पिएसजी० क्लबबाट चीनको हेबेई चाइना क्लबमा अनुबन्धित भएका थिए। उनका लागि चिनियाँ क्लबले साताको चार लाख स्टर्लिङ पाउन्ड खर्चिएको रिपोर्टमा बताइएको छ।
उनको पारिश्रमिकको विषयमा चुहिएको गोप्य दस्तावेजमा पारिश्रमिक रकम चार लाख पाउन्ड बताइए पनि त्यो भन्दाबढी हुन सक्ने बताइएको छ। उनको वास्तविक पारिश्रमिक रकम साताको चार लाख ९३ हजार पाउन्ड अनुमान गरिएको छ।
रोनाल्डो र मेसीको साताको पारिश्रमिक करिब १ लाख पाउन्ड छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१