नेपाल इन्भेष्टमेण्ट बैंकले पायो अन्तर्राष्ट्रिय “बैंक अफ द इयर“ को पुरस्कार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७३, शुक्रबार ०५:४६

काठमाडौँ ,२४ मङ्सिर । नेपाल इन्भेष्टमेण्ट बैंक लि। ले फाइनान्सियल टाइम्स लण्डनको “बैंक अफ द इयर“ गरिमामय अन्तर्राष्ट्रिय पुरस्कार पाँचौँ पटक पुनः प्राप्त गरेको छ । मिति २०७३ मङ्सिर २२ गते वेलायतको लन्डनमा आयोजना भएको एक बिशेí कार्यक्रमका बीच बैंकका अध्यक्ष श्री पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृत श्री ज्योतिप्रकाश पाण्डेले सो पुरस्कार ग्रहण गर्नुभएको थियो । गत आ।व।मा नेपाल इन्भेष्टमेण्ट बैंक लि। ले रू। ४ अर्ब १४ करोडको सञ्चालन मुनाफा कमाएको थियो जुन अघिल्लो आ।व।मा रू। ३ अर्ब ११ करोड थियो । यो समयावधिमा बैंकको चुक्ता पूँजी रू। ८ अर्ब ७१ करोड पुगेको छ भने कुल पूँजी रू। १६ अर्ब ३० करोड पुगी निजी बैंकहरूमध्ये सर्वाधिक पूँजी भएको बैक बनेको छ । गत आ। व। को अन्त्य सम्ममा बैंकको खराब कर्जा प्रतिशत ०।६८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले दिएको लक्ष्य अनुरूप चुक्ता पूँजी रू। ८ अर्ब भन्दा माथि पु¥याउने नेपालको पहिलो र एकमात्र बैंक नेपाल इन्भेष्टमेण्ट बैंक लि। भएको छ, जसले तोकिएको मितिभन्दा अगावै सो लक्ष्य पूरा गरेको छ । हाल बैंकले आफ्नो सञ्चालन कालको ३० वर्ष पूरा गरी अर्को कोशेढुङ्गा पार गर्दै उत्कृष्ठ सेवा विस्तार, ग्राहकसेवामा नवीनता तथा शेयरधनीहरूसँगको सम्बन्ध सुदृढ गर्दै लगेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि।ले ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई आफ्ना ४८ वटा शाखाहरू र विभिन्न शाखारहित सुविधाहरूबाट सेवा पु¥याउँदै आएको छ । बैंकका ८३ वटा ए।टि।एम।हरू देशभरि नै रहेका छन् र हाल ५ लाख ५० हजारभन्दा बढि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरू रहेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक लि।ले सन् २०१०–११ देखि निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी ९आइ।सि।आर।ए।० बाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि। बैंक अफ द इयर पाँचौँ पटक प्राप्त गर्ने नेपालको एकमात्र बैंक रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१