आइएमएसको सामसुङ स्मार्टफोन क्याफे न्यूरोडमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७३, शुक्रबार ०५:३६

काठमाडौँ   । सामसुङका आधिकारिक तथा एक्स्क्लुजिभ शोरुम भएका आइएमएस स्मार्टले  काठमाडौंको न्यू रोड पाको अवस्थित आफ्नो सामसङ स्मार्टफोन क्याफे फेरि सुरु गरेको छ ।

ग्राहकहरुलाई विश्वस्तरीय सपिङ्गको अनुभव प्रदान गर्नका लागि उक्त स्टोरमा संचालनमा ल्याइएको आइएमएसले जनाएको छ। ब्राण्ड सपको अनावरण आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रासँगै कम्पनीका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अध्यक्ष दिकेश मल्होत्राले गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष मल्होत्राले भने – “हाम्रो लक्ष्य सधैैं हाम्रा ग्राहकहरुलाई उत्कृष्ट अनुभव सबैभन्दा अनुकुल स्थानहरुमा प्रदान गर्नु रहेको छ । यस मर्मतसम्भार कार्यक्रमसँगै हाम्रा ग्राहकहरुलाई यस्तै विश्वस्तरीय शपिङ्ग अनुभव प्रदान गर्न सक्ने कुरामा हामी विश्वस्त छौं ।

यसै उपलक्ष्यमा ग्राहकहरुलाई थप सुविधा पस्कन र शोरुम पुनः सुरु भएको उत्सवमा कम्पनीले यही मंसिर २१ गतेदेखि २९ गतेसम्म पाको शोरुम मार्पmत हरेक सामसङ मोबाइल फोनको खरिदमा ६ जी।बी। को निःशुल्क डाटा कार्ड प्रदान गर्ने भएको छ । अन्य स्टोरहरुबाट ३ जी।बी को डाटा कार्ड प्रदान हुने कम्पनीले जनाएको छ ।

आइएमएस ग्रुप विगत २४ वर्षमा झनै परिस्कृत र विभिन्न क्षेत्रहरुमा डाइभर्सिफाइड हुँदै आएको कम्पनी हो । आइएमएस ग्रुप अन्तर्गतका विभिन्न कम्पनीहरु पहिल्याउँदा यो वृद्धि झनै देख्न सकिन्छ । हाल, आइएमएस अन्तर्गत १२ वटा कम्पनीहरु रहेका छन् जसमध्ये कोरियाको प्रिमियम एस।यू।भी। उत्पादक साङयङ मोटर्स् भर्खरै आइएमएससँग सम्बद्ध भएको कम्पनी हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१