२५ मेगावाट सौर्य उर्जा उत्पादनका लागि एडिबीले २ अर्ब अनुदान दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७३, शुक्रबार ०५:२०

काठमाडौँ ,२४ मङ्सिर ।  एसियाली विकास बैंकले २५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि दुई अर्बभन्दा बढी अनुदान उपलब्ध गराउने भएको छ ।

नेपालको ऊर्जा आवश्यकता र मागलाई दृष्टिगत गरी सौर्य ऊर्जा प्रवद्र्धनका निम्ति बैंकले जलवायु कोषबाट उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो ।

बैंकले आज यहाँ पत्रकार सम्मेलन गरेर सन् २०१८ सम्ममा उक्त क्षमताको सौर्य ऊर्जा उत्पादन गर्न नेपाल विद्युत् प्राधिकरणमार्फत अनुदान सम्बद्ध उत्पादकलाई उपलब्ध गराइने जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१