शिवलाई साउन महिना नै किन प्रिय छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७१, शुक्रबार ०६:२८

महादेवलाई साउन महिना वर्षभरिको सबै महिनाभन्दा प्रिय छ किनभने साउन महिनामा सबैभन्दा धेरै वर्षा हुने भएका कारण शितल हुने गर्दछ जसले गर्दा शिवको गर्मी शरिरलाई शितल बनाउन मद्दत गर्दछ । यसका साथसाथै यो महिना कृषिको लागि पनि निकै लाभकारी मान्ने गरिन्छ ।lord-shiva
भगवान शिवले आफैँ सनतकुमारहरुलाई यो साउन महिनाको महिमाको बारेमा बताउँदै भनेका छन्, ‘मेरो तीनै नेत्रहरुमा सूर्य दाहिने, बाँया चन्द्र र अग्नि मध्य नेत्र हो ।’ हिन्दु क्यालेन्डरमा महिनाको नाम नक्षत्रहरुको आधारमा राखिएको छ ।
जस्तैः चैत महिना चित्रा नक्षत्रमा आधारित छ, त्यस्तै साउन महिना श्रवण नक्षत्रको आधारमा राखिएको छ । श्रवण नक्षत्रको स्वामी चन्द्र हुने गर्दछ । चन्द्र भगवान शिव भगवानको मस्तिष्कमा विराजमान छन् । जब सूर्य कर्क राशिमा गोचर गर्ने गर्दछ तब साउन महिना प्रारम्भ हुन्छ । सूर्य तातो हुन्छ भने चन्द्रमाले शितल प्रदान गर्छ, त्यसकारण सूर्य कर्क राशिमा आउनाले झमझम पानी पर्ने गर्दछ । जसका कारण लोक कल्याणका लागि विष ग्रहण गरेका महादेवलाई शितल र आनन्द प्राप्त हुने गर्दछ । सायद यहि कारणले भगवान शिवलाई साउन महिना यति मनपरेको हुनसक्छ । (एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१