प्रकाश अधिकारी । म पहिलोपल्ट ठूलो समूह सहित थाईल्याण्डको वैंककमा हुन लागेको नेतृत्व विकास तालिममा भाग लिन जाँदै थिए। नेपालको एयरपोर्टमा लाइनमा वसिरहदा हामी मध्ये केहिले ज्याकेट लगाएका थियौं भने केहिले सुट लगाएका थियौं। त्यहाँ वैदेशिक रोजगार र अन्यको लागि छुटटा छुटटै लाइन थियो । विमानस्थलका कर्मचारीले ज्याकेट लगाउने जतिलाई वोलाएर तपाईहरु वैदेशिक रोजगारको लाइनमा वस्नुहोस भने हामीले प्रतिवाद गर्यौं उसले हाम्रो ज्याकेट देखेर हामीलाई वैदेशिक रोजगार भनिरहेको थियो । त्यो दृश्यले मनमा खिन्नता महशुस भयो तीनै लाखौं युवाहरुले पसिना वगाएर कमाएको रेमिटान्समा कर असुलेर त्यही मार्फत आफ्नो जागिर धानीरहेका सरकारी कर्मचारीको गरिव मानसिकता देखेर अलिकति दया पनि लागेर आयो । अनि कुनै युरोपयिन कटटु लगाएर आए पनि नमस्कार गर्न नछाड्ने हाम्रा कर्मचारीहरु हामी नेपाली युवाले ज्याकेट लगाउनुलाई हेयको दृष्टिले हेर्दैछौं भने हामी भित्रको राष्टियता वुझिनसक्नुको छ । गत साल १५ दिने भ्रमणको लागि कोपनहेगन जानको लागि एकविहानै त्रिभुवन विमानस्थलमा पुगे । टर्किस एयर मार्फत जानको लागि टिकट लिएको थिए । मलाई वोर्डिङ पास लिने वेलामा नेपाली कर्मचारीले सम्पूर्ण डकुमेन्ट माग्न थाले जुन अनावस्यक थियो । डकुमेन्ट माग्नु त ठीकै थियो एक विहानै एयरपोर्टको टवाइलेट वन्द भएर उत्तर साइडको कुनामा गएर खुला स्थानमा दिशा र पिसाव फेर्ने वाध्यतामा रहेको हामी नेपालीलाई स्मरण गरे हामीसंग अनावस्यक डकुमेन्ट माग्न सक्नेहरुले टवाइलेटको सुधारको आवस्यकता किन देखेनन त्यो पनि अन्तराष्टिय विमानस्थलमा आज पनि त्यो पलको याद आइरहन्छ । थाहाछैन सिंगापुर , स्विजरल्याण्ड र समृद्ध नेपाल वनाउछु भन्नेहरुले विमानस्थलमा सौचालयको राम्रो प्रवन्ध गरे की गरेनन ।
प्रतिक्रिया