ग्रीन सिटी हस्पिटलले नुवाकोटमा ३ दिने निशुल्क स्वास्थ्य शिबिर गर्नै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०७३, बिहीबार १७:५१

काठमाडौँ ,२३ मङ्सिर। ग्रिनसिटि हस्पिटलले  आउदो मंसिर २६,२७ र २८ गते नुवाकोट जिल्ला को प्रसिद्ध धार्मिक तिर्थस्थल दुप्चेस्वर महादेव मन्दिरमा  मेला भर्न आउने तिर्थालु भक्तजनहरुको लागि ३  दिने निशुल्क स्वास्थ्य शिबिर गर्नै भएको छ ।

नेपाल विद्यार्थी संघ, क्षेत्र नम्बर २ नुवाकोट र ग्रीनसिटि अस्पताल काठमाडौको संयुुक्त आयोजनामा हुन गैरहेको हस्पिटलले जनाएको छ  ।

भक्तजनहरुको लाई सेवा प्रदान गर्ने उदेश्यले नेपाल तरुण दल ,नेपाल विद्यार्थी संघ, क्षेत्र नम्बर २ नुवाकोट र ग्रीन सिटि अस्पताल काठमाडौ को संयुुक्त आयोजनामा गर्न लागिएको नेपाल तरुण दल, क्षेत्र नम्बर २ ले जनाएको छ ।

दुप्चेस्वर महादेव मन्दिर परिसरमा  संञ्चालान हुने सो शिबिरमा सबै प्रकारका रोगका बिशेषज्ञ डाक्टरहरुको उपस्थितीमा बिरामीहरु जाच गरिनुका साथै भिडियो एक्सरे,ल्याव जाच, ईको ईसिजी लगायता सेवा समेत उपल्ब्ध गराईने छ भने  औषधी समेत उपल्बध गराईने हस्पिटल ब्यबस्थापनले जानकारी दिएको छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक २४, २०८१