थ्रीडी शुरुवातसँगै विस्तारै माउस पछाडि पर्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७१, शुक्रबार ०६:२३

(एजेन्सी) – सन् १९६० मा आविष्कार भएदेखि ‘माउस’ कम्प्युटरको अभिन्न अंग भएको छ । ल्यापटपमा टचप्याड पनि माउसको विकल्पमा देखिएपछि धेरै मानिसहरु ल्यापटपमा पनि माउस नै प्रयोग गर्न रुचाउँछन् ।thimble तर, कम्प्युटरमा अहिले थ्रीडी शुरुवातसँगै विस्तारै माउस पछाडि पर्दैछ र यसको विकल्पमा नयाँ यन्त्र आउँदैछ । माउस टुडीमा सिमित भएपछि अहिले यस्तो यन्त्रको आविश्कार भएको छ जसले थ्रीडी –तीन डाइमेन्सन) मा काम गर्न सक्छ । अमेरिकाको योमिङ विश्वविद्यालयका दुई विद्यार्थीले यस यन्त्रको आविष्कार गरेका हुन् । मानिसको औंलामा जडान गरिने यस यन्त्रले थ्रीडी इन्टरफेसमा काम गर्न सक्छ । एमइटी टेक्नोलोजीका अनुसार यो निकट भविष्यमा माउसको विकल्पमा विश्वव्यापी डिभाइस बन्न सक्छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१