मलेसियन एयरलाइन्सको एमएच १७ बिमान बिहीबार रुस र युक्रेनको सीमाक्षेत्रमा मिसाइल हानी खसालिएको छ ।
नेदरल्याण्डको आम्सट्रडमबाट २९५ यात्रु बोकेर क्वालालम्पुरतर्फ उडेको जहाजलाई रकेट प्रहार गरि खसालिएको रुसी समाचार संस्था इन्टफ्याक्सले जनाएको छ ।
युक्रेनी सरकारले घटनाको पुष्टी गर्दै ‘आतंकबादीहरुले’ बिमान खसालेको बताएको छ ।
युक्रेनका गृहमन्त्रीले मिसाइल आक्रमणबारे जानकारी दिँदै बिमानमा सवार सवै २९५ यात्रुको निधन भएको जानकारी दिएका छन् ।
प्रतिक्रिया