मोडल युलियाको कार्यक्रममा गएनन् सलमान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ मंसिर २०७३, मंगलवार ०८:४२

%e0%a4%ae%e0%a5%8b%e0%a4%a1%e0%a4%b2-%e0%a4%af%e0%a5%81%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%beकाठमाडौ, २१ मंसिर ।  रोमानियाकी मोडल युलिया वन्तुर र बलिउड अभिनेता सलमान खानबारे यो वर्ष अनेक गसिप बने । कतिसम्म भने यी दुईबीच नोभेम्बरमा विवाह हुने कुरा पनि व्यापक चर्चामा रह्यो । तर, विवाह हुनु त परको कुरा पछिल्लो समय यी दुईको सम्बन्धमै खटपट सुरु भएको चर्चा अहिले चल्न थालेको छ । नचलोस् पनि किन, पछिल्लो समय भारत आएपछि युलिया र सलमानले एक–अर्कालाई भेटेका पनि छैनन् । यति मात्र होइन, युलियाको कार्यक्रममा पनि सलमान पुगेनन् । सलमान नपुगेपछि सम्बन्ध बिग्रिएको अनुमानमा थप बल पुगेको छ । युलियाले एल्बम ‘आपसे मौसिकी’को लन्च को–सिंगर हिमेश रेसमियासँग विमोचन गरेकी छिन् ।नयाँ पत्रिकाले छापेको छ । अर्कोतिर, सलमान खान केही दिनअघि निमन्त्रणा नै नभएको रजनीकान्तको फिल्म ‘२।०’को लन्चिङमा पुगेका थिए । अभिनेत्री यामीका कारण सलमान त्यहाँ गएको खबर व्यापक फैलिएको थियो । यसबारे सलमानले अहिलेसम्म केही भनेका छैनन् । त्यसैले, युलिया र यामीसँगको सलमानको सम्बन्ध अहिलेसम्म रहस्यको गर्भमै छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१