नेपालगन्ज, २० मङ्सिर ।मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिद्वारा आयोजित क्षेत्रीय खेलकुद प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले उद्घाटन गर्नुभयो ।
समितिका उपाध्यक्ष नरेन्द्र थापाका अनुसार प्रतियोगितामा क्रिकेट, फुटबल, एथलेटिक्स, तेक्वान्दो, भारोत्तोलन, व्याडमिन्टनलगायत १० विधामा ८०० खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट गर्न सो क्षेत्रीय प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । प्रतियोगिता उद्घाटन समारोहमा मन्त्री श्रीपालीले अहिले खेलकुदमा लगानीको वातावरण बन्दै गएको बताउँदै मन्त्रालयले पनि खेलकुदको विकास र विस्तारका लागि आवश्यक रणनीति तय गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया