काठमाडौँ, २० मङ्सिर । मेलम्ची खानेपानीको मुहानस्थित सिन्धुपाल्चोकको हेलम्बु–७ मा पाइएको सुन जस्तो धातु परीक्षणका लागि खानी तथा भूगर्भ विभागमा बुझाइएको छ ।
शुक्रबार हेलम्बुस्थित मेलम्ची खोलाको मुहानमा इन्टेकको काम गर्दा पाँच मिटर लम्बाइ र चारमिटर चौडाइको ढुङ्गामा सुन जस्तो टल्किने धातु भेटिएको थियो ।
मुहानभन्दा ३० मिटरमाथिको ढुङ्गा काट्दा धातु भेटिएको मेलम्ची खानेपानी आयोजनाका परामर्शदाता प्रद्युम्नलाल प्रधानले सुनाउनुभयो । सुनजस्तो धातु पाइएको स्थान समुद्री सतहबाट एक हजार ४५५ मिटर उचाइमा पर्ने आयोजनाले जनाएको छ ।
प्रतिक्रिया