विश्व विजेता जर्मनी फिफा बरियताको शीर्ष स्थानमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७१, बिहीबार १६:२७

फुटबलको विश्व बिजेता जर्मनी फिफा बरियताको शीर्ष स्थानमा उक्लिएको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ बरियता अनुसार जर्मनी पहिलो स्थानमा उक्लिएको छ भने यसअघि शीर्ष स्थानमा रहेको स्पेन आठौं स्थानमा झरेको छ । विश्वकपमा खराब प्रदर्शन गर्दै स्पेन समूह चरणबाटै बाहिरिएको थियो ।
नयाँ बरियतामा अर्जेन्टिना दोस्रो, नेदरल्याण्ड्स तेस्रो, कोलम्बिया चौथो, बेल्जियम पाँचौ र उरुग्वे छैठौं स्थानमा छन् । ब्राजिल भने ४ स्थान तल झरेर सातौं स्थानमा पुगेको छ ।10347773_807067189317725_2771112344345696684_n
यसअघि १० औं स्थानमा रहेको इंग्ल्याण्ड २० औं स्थानमा पुगेको छ । यस्तै दक्षिण एसियाली देशमा अगाडी रहेको अफगानिस्तान १ स्थान माथि उक्लदै १ सय २९ औं स्थानमा पुगेको छ ।
नेपाल भने विश्व बरियताको १ सय ६४ औं स्थानमा यथावत छ । नेपालभन्दा पछि पाकिस्तान, श्रीलंका र भुटान छन् । माल्दिभ्स, भारत र बंगलादेश क्रमश दोस्रो तेस्रो र चौथो स्थानमा छ भने नेपाल पाँचौ स्थानमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१