नयाँ कलाकारले आफ्नो पारिश्रमिक १० लाखदेखि एक करोड भारुसम्म तोके

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०७३, आईतवार ०६:४८

सन् २०१७ मा एक दर्जन बलिउड स्टारका सन्तान, चार पाकिस्तानी र एक बंगलादेशी गरी १७ नयाँ कलाकारले बलिउडमा पाइला राख्दै छन् । डेब्यु गर्न लागेका नयाँ कलाकारले आफ्नो पारिश्रमिक १० लाखदेखि एक करोड भारुसम्म तोकेका छन् । कोको आउँदै छन् त बलिउडस्टार पुत्रपुत्री ? र, उनीहरूको पारिश्रमिक कति छ त ? भारतीय अनलाइनले तयार पारेको रिपोर्ट यस्तो छ :

dd
 
रकी देओल
अभिनेता सनी देओलका छोरा रकी पनि ०१७ मा बलिउडमा प्रवेश गर्दै छन् । उनले पहिलो फिल्मबाट एक करोड भारु पारिश्रमिक लिने खबर आएको छ ।

जान्वी कपुर
अभिनेत्री श्रीदेवी र निर्माता बोनी कपुरकी छोरी जान्वी कपुर पनि यसै वर्ष बलिउडमा प्रवेश गर्दै छिन् । उनले ५० लाख भारु लिने बताइएको छ ।

इशान खट्टर
साहिद कपुरका सौतिने भाइ इशान खट्टर पनि हिरो बन्दै छन् । यिनी जान्वी कपुरका साथ मराठी फिल्म ‘सैराट’को हिन्दी रिमेकमा प्रमुख भूमिकामा प्रस्तुत हुनेछन् । इशानले पहिलो फिल्मबाट ५० लाख भारु पारिश्रमिक लिँदै छन् ।

सारा अली खान
सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान पनि हिरोइन बन्ने लाइनमा छिन् । केही फिल्मका लागि कुरा चलिरहेको बताइन्छ । उनले पहिलो फिल्मबाट ३५ देखि ४५ लाखसम्म पारिश्रमिक लिनेछिन् । उनको कुन फिल्मबाट डेब्यु हुन्छ, त्यो भने आमा अमृतामा भर पर्ने बताइन्छ ।

उत्कर्ष शर्मा
‘गदर’, ‘अब तुम्हारे हवाले बतन साथीयों’, ‘अपने’लगायतका फिल्मका निर्देशक अनिल शर्माका छोरा उत्कर्ष शर्माले ‘जिनियस’ नामक फिल्म निर्माण गर्दै छन् । सोही फिल्मबाट उत्कर्षको डेब्यु हुँदै छ । उनले पहिलो फिल्मबाट ३० लाख भारु पारिश्रमिक पाउने बताइएको छ ।

सजल अली
सजल पाकिस्तानी हुन् । उनले ‘श्रीदेवीको मम’ (आमा) फिल्ममा छोरीको भूमिका निर्वाह गरिरहेकी छिन् । उनले पहिलो फिल्मबाट ४० लाख भारु पारिश्रमिक लिएको चर्चा छ ।

अहान सेठ्ठी
अभिनेता सुनील सेठ्ठीका छोरा अहान पनि २०१७ मा डेब्यु गर्दै छन् । उनी साजिद नाडियावालाको नयाँ फिल्मबाट बलिउडमा प्रवेश गर्दै छन् । अभिनयको एडभान्स्ड कोर्सका लागि लन्डन जाने तयारीमा रहेका अहानले ५० लाख भारु पारिश्रमिक तोकेका छन् ।

माहिरा खान
माहिरा पाकिस्तानी हुन् । शाहरुख खानको नयाँ फिल्म ‘रइस’मा मुख्य भूमिकामा रहेकी माहिराले पहिलो फिल्मबाट ५० लाख भारु पारिश्रमिक लिएको चर्चा छ । रइस जनवरी २६ मा रिलिज हुँदै छ ।

रोहन मेहरा
अभिनेता विनोद मेहराका छोरा रोहन मेहरालाई निर्देशक निखिल अडवाणीले डेब्यु गराउँदै छन् । थ्रिलर जनराको सो फिल्मको सुटिङ छिट्टै सुरु हुँदै छ । पहिलो फिल्मबाट रोहनले पारिश्रमिक स्वरूप २० लाख भारु पाएका छन् ।

सबा कमर
सबा पाकिस्तानी मोडल तथा अभिनेत्री हुन् । यिनी इरफान खानका साथ बलिउड फिल्ममा अभिनय गर्दै छिन् । पहिलो फिल्मबाट यिनले २५ लाख भारु पाउने उल्लेख गरिएको छ ।

मुस्तफा बर्मावाला
निर्माता निर्देशक अब्बासमस्तान जोडीमध्ये अब्बासका छोरा मुस्तफाले ‘मेसिन’ नामक फिल्मबाट डेब्यु गरेका छन् । उनको मेसिन २०१७ को फेब्रुअरीमा रिलिज हुँदै छ । सो फिल्ममा यिनले ३० लाख भारु पारिश्रमिक पाएको उल्लेख छ ।

निराव हुसेन
बंगलादेशी मोडल तथा अभिनेता निराव निर्देशक फैजल सैफको फिल्म ‘बला’मार्फत बलिउडमा डेब्यु गर्दै छन् । उनले बलामा १० लाख भारु पारिश्रमिक पाएको बताइन्छ । साभार – नयपत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१