‘अहिले सम्म पनि संघर्ष नै गरिरहेकी छु’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ मंसिर २०७३, शनिबार ०८:२८

sunnyपोर्नस्टारबाट बलिउडमा पाइला हालेकी अभिनेत्री सनी लियोनीले बुधबार मोबाइल एप लन्च गरेकी छिन् । आफ्नो बलिउड यात्राबारे बताउँदै सनीले त्यो एप लन्च कार्यक्रममा भनिन्, ‘बलिउडमा आएर मलाई एडजेस्टमेन्ट गर्नुपर्ने भयो । यहाँ जुन तरिकाले काम हुँदो रहेछ, त्यो मेरा लागि परिवर्तन हुँदैन भन्ने मैले सुरुवातमै बुझेकी थिएँ । बलिउड नयाँ भए पनि मैले यसलाई छोटो समयमा नै माया गरेँ ।’ उनले थपिन्, ‘तर, यहाँ संघर्ष कहिल्यै सकिँदो रहेनछ । म हिजो पनि संघर्ष गरिरहेकी थिएँ र आज पनि गरिरहेकी छु ।’ त्यही कार्यक्रममा मिडियाले सनीलाई प्रश्न गरे, ‘अरू बलिउड स्टार कसको एप आओस् भन्ने चाहनुहुन्छ रु’ यसमा सनीले खुलेर जवाफ दिइन् । उनको रोजाइमा दुई बलिउड कलाकार थिए । ती दुई हुन्– सोनम कपुर र रणवीर सिंह । सोनम नयाँनयाँ ठाउँमा बारम्बार यात्रा गर्ने भएकाले पनि उनका लागि एप चाहिने सनीको तर्क थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१