ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र बिएन्डबी अस्पतालविरुद्ध पीडितले गरे मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०७३, शुक्रबार १०:४३

काठमाडौँ, १७  मङ्सिर । उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र लापरवाहीविरुद्ध पीडितले दुई अस्पतालविरुद्ध सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेका छन् ।building1 %e0%a4%b0-%e0%a4%ac%e0%a4%bf%e0%a4%8f%e0%a4%a8%e0%a5%8d%e0%a4%a1%e0%a4%ac%e0%a5%80-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2
पीडितले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा, काठमाडौँ र बिएन्डबी अस्पताल, ग्वार्को, ललितपुरविरुद्ध  मुद्दा दायर गरेका हुन् ।  पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष ज्योति बानियाँले ग्रान्डीका चिकित्सकको लापरबाहीबाट एक महिनाअघि निधन भएका सुदीप विष्ट र बिएन्डबीमा दुई वर्षअघि चिकित्सकको हेलचक्र्याइँले थला पर्नुभएकी इन्द्रकुमारी राईको परिवारले मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

मञ्चका महासचिव बाबुराम हुमागार्इँले निजी अस्पतालले पैसा कमाउने नाममा उपभोक्तालाई ठग्ने गरेको आरोप लगाउँदै विष्टको परिवारले रु १० करोड र राईको परिवारले रु एक करोड क्षतिपूर्ति माग गर्दै जिप्रका काठमाडौँ र ललितपुरमा मुद्दा दायर गरेका हुन् । मञ्चले हालसम्म लापरबाही र ठगी मुद्दामा एक सय २० भन्दा बढी मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१