काठमाडौं,१७ मंसिर। चिनियाँ संस्कृतिमन्त्री लुओ सुगाङ पुस पहिलो साता नेपाल भ्रमणमा आउने भएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। काठमाडौंमा आयोजना हुने सातौ ची महोत्सवमा सहभागी हुन उनी पुस ३ गते नेपाल आउन लागेका हुन् । नेपाल र चीनका संस्कृतिक मन्त्रालयको संयुक्त आयोजनामा सातौं चीन महोत्सव आयोजना हुन लागेको हो । विगतमा चिनियाँ कम्युनिष्ट पार्टीका पब्लिसिटी डिपार्टमेन्ट उपप्रमखु भइसेकका संस्कृतिमन्त्री लुओ डिसेम्बर २०१४ मा संस्कृति मन्त्री भएका थिए। त्यस्तै चीनको स्वशासित क्षेत्र तिब्बतका पिपुल्स कांग्रेस अध्यक्ष बाइमा छिली पुस ५ मा नेपाल आउने भएका छन् ।
प्रतिक्रिया