सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्धारण गरिएको मिति नसर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७३, बिहीबार ०५:३७

इटहरी । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले सातौ  राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्धारण गरिएको मिति नसर्ने बताउनुभएको छ ।%e0%a4%b8%e0%a4%be%e0%a4%a4%e0%a5%8c-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%81%e0%a4%a6-%e0%a4%aa%e0%a5%8d

सातौँ राष्ट्रिय खेलकुदको तयारीबारे गरिएको एक अन्तक्र्रियामा उहाँले अब आर्थिक वा अन्य कुनै पनि कारण पुस ८–१५ गतेसम्म तोकिएको मितिभित्रै प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

सोही अवसरमा राखेपका सदस्य सचिव केशवकुमार विष्टले पाँचपटकसम्म मिति तोकिएर पनि सर्दै आएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेको राज्य पुनःसंरचनाका हिसाबले पहिलो र अन्तिम हुने बताउनुभयो ।

कतिपय खेल पूर्वाधारका अभावमा राजधानी काठमाडाँैमा गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले पूर्वाञ्चलमा ३० वटा खेल मात्रै हुने अवस्था रहेको बताइन्छ ।

सुनसरीका प्रजिअ लोकनाथ पौडेलले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन सुनसरी, मोरङ र झापाका प्रजिअ र सुरक्षा निकायका प्रमुख समन्वय गरिने बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१