भारतमै छिन् लुलिया, सलमानसँग अझै छ सम्बन्ध उस्तै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ मंसिर २०७३, बुधबार ०७:३९

रोमानियाकी मोडल लुलिया वन्तुर र बलिउड नायक सलमान खानविच व्रेकअप भएको खबरले मिडियामा चर्चा पाइरहेको छ । लुलिया रोमानिया पुगेपछि उनले दिएको अन्र्तवार्ताले पनि यो कुराको संकेत गरेको थियो ।salman-with-luliya-in-india

सलमान र लुलियाविच बिहे नै हुने चर्चा चलिरहँदा यी दुइविच व्रेकअप भएको खबर सार्वजनिक भयो । भिसा सकिएपछि लुलिया रोमानिया पुगेकी थिइन् ।
तर, मिडियाको अड्कललाई गलत सावित गर्दै सलमान र लुलिया एकसाथ देखिएका छन् ।

सोमबार बेलुकी अमृता अरोरा खानले आयोजना गरेको पार्टीमा सलमान र लुलिया एकसाथ पुगेका छन् । उक्त पार्टीमा सलमानकी बुहारी मलाइका अरोरा खानका साथ अन्य बलिउड कलाकार पनि देखिए ।

सलमान र लुलिया एउटै गाडीमा पार्टीमा पुगेका थिए । नायक सैफअली खान पनि पार्टीमा पुगेका थिए । सलमान र लुलिया एउटै गाडीमा पार्टीमा पुग्नुले पनि उनीहरुको प्रेम सम्बन्ध अझै उस्तै छ भन्ने देखाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१