मुसलमानलाई अमेरिका छाड्न आयो धम्की

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०७३, मंगलवार ०८:०९

%e0%a4%ae%e0%a5%81%e0%a4%b8%e0%a4%b2%e0%a4%ae%e0%a4%be%e0%a4%a8काठमाडौं । अमेरिकाको न्यूओर्लान्समा गोली प्रहार गरी एकजनाको हत्या गरिएको छ भने घटनामा अरु ९ जना घाइते भएका छन् ।

ऐतिहासिक फ्रेन्च क्वार्टरमा गरिएको गोली प्रहारमा एकजना मारिएको त्यहाँको प्रहरीले जनाएको हो । गोली लागेकामा ८ जना पुरुष र दुईजना महिला छन् ।

गोली प्रहारमा संलग्न रहेको आशंकामा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यसैबीच, क्यालिफोर्निया राज्यको तीन मस्जिदमा पत्र पठाएर धम्की दिइएको एक मुस्लिम संगठनले जनाएको छ ।पत्रमा मुसलमानलाई ‘नीच र फोहोरी’ भन्दै अमेरिका छाड्न धम्की दिइएको छ ।

पत्रमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने प्रशंसा गरिएको पनि जनाइएको छ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१