उच्च माध्यामिक विद्यालय संघ नेपाल हिसानका अध्यक्ष एवं गोल्डेनगेट इन्टरनेशनल कलेजका सिइओ रमेश सिलवालको जन्म बि.सं. २०२२ साल असार २५ गते धादिङको बेनीघाटमा भएको हो । उहाँ ६ दाजुभाइ र ३ दिदीबहिनीको कान्छो भाइको रुपमा जन्मिनुभएको हो । त्यसबेलाको गाँउको साहुखलकमा हुर्किएका सिलवालको ५ कक्षासम्मको पढाइ गाउँमै भएपनि त्यसपछिका पढाइ भने काठमाण्डौ केन्द्रित नै रह्यो । ६ कक्षादेखि पाटन हाइस्कुलसम्म पढ्नुभयो । एसएलसीपछि आइएस्सी बिएस्सी त्रिचन्द्र क्याम्पसबाट पढ्नुभयो भने एमएस्सी त्रिभुवन विश्वविद्यालयबाट गर्नुभयो । त्यस्तै बिए र बीएलमा पनि उहाँले प्राइभेट कक्षा गएर पास गर्नुभयो ।
विद्यालय पढाइमा सधैँ प्रथम हुने उहाँ पछि पनि पढाइमा अब्बल रहिरहनुभयो । कृषि पेशाकै परिवारमा हुर्किएका सिलवालका दाजुभाइले पछि व्यवसायमा आवद्ध भए । अहिले उहाँ त्रिचन्द्र क्याम्पसमा प्राध्यापन गर्नुहुन्छ भने आफैले गोल्डेनगेट एजुकेशन नेटवर्क स्थापना गर्नुभयो । जसअन्तर्गत अहिले गोल्डेनगेट इन्टरनेशनल कलेज,एडभान्स इन्जिनियरिङ कलेज,कसमस इन्जिनियरिङ कलेज र काठमाण्डौ भ्याली हाइस्कुल सञ्चालित छन् । उहाँको फुटबल,भलिबल,बास्केटबल, एथ्लेटिक्सदेखि कलासाहित्य र कलाकारिता तर्फ पनि उहाँको रुची छ । उहाँले करिब २० वटा नाटकमा अभिनय गर्नुभएको छ भने ९ महिने शास्त्रीय संगितको कक्षा लिनुभएको छ । उहाँको बाल्यकालमा स्वभाव नरम प्रकारको थियो । सहनसिल मिलनसार हुनुहुन्थ्यो । सबै साथीभाइसँग मिल्ने जानेका कुरा अरुलाइ सिकाउन रहर उहाँमा हुन्थ्यो । उहाँको मध्यम र गाँउघरको कुरा गर्दा सम्पन्न परिवार भएकाले कुनै दुःख गर्नुपर्ने जीवनमा बाध्यता आएन । शारीरिक परिश्रम गरेर पसिना बगाउनुपर्ने वाध्यता थिएन । यद्यपी उहाँले रहरले गर्दा कहिले हलो जोत्ने,गाइबाख्रा चराउने समेत गर्नुहुन्थ्यो । रहरकै क्रममा दाइ कपडा ब्यापारी हुँदा उहाँले समेत कपडा बेच्ने अनुभव लिनुभयो । मानिसलाइ परिस्थितीले कतै वाध्यतामा धकेकिदिन्छ त कतै रहर देखाएर फुक्र्याइदिन्छ । रहरले नै सिलवालको बाल्यकालका मात्र केहि समय कहिले हली भएको हेर्न चाह्यो,कहिले गोठाले त कहिले कपडा व्यापारी । जहाँ वाध्यताको नामोनिसान थिएन ।
सिलवालले विभिन्न व्यस्तता र शैक्षिक भविस्यलाइ तिखार्नेक्रममा कहिल्यै मायाप्रेममा ध्यान दिन सक्नुभएन । उहाँको जीवनमा कसैलाइ प्रेम प्रस्ताव राख्नुभएन भने कसैले पनि उहाँलाइ प्रेमको प्रस्ताव गरेन । मायाप्रेममा फसेर आफ्नो कर्तव्य बिर्सियो भने जीवनमा बर्बादी आउने उहाँको बुझाइ छ । समयअनुसार अगाडी बढ्न सकिएन भने जीवनको गति रोकिने र समयले छोडेर हिड्ने बताउनुहुन्छ । उहाँले २८ बर्षको उमेरमा विवाह गर्नुभयो । विवाह गरेको अहिले २२ बर्ष कटिसक्दा समेत उहाँको परिवारमा एकपटक समेत झैझगडा भएन । पारिवारीक सुखशान्तीमै उहाँको परिवार अगाडी बढिरहेको छ । आफ्नो विवाह भइसकेपछि प्रेम बसेको उहाँ बताउनुहुन्छ । विवाहअघि पनि उहाँको अहिलेको श्रीमतीसँग चिनजान भएपनि नजिकिने ,प्रेमका कुरा गर्ने भएको थिएन ।
अहिले उहाँको २ जना छोरी छन् । संगत गुनाको फल भनेझै उहाँको शैक्षिकभित्रको सालिन छत्रछायामा हुर्केका छोरीहरु प्नि पढाइमा अत्यन्त अब्बल छन् । उहाँको जेठी छोरीले स्नातक तह पुरा गर्नुभएको छ भने कान्छी छोरीले समेत गोल्डेनगेट इन्टरनेशनल कलेजबाट साइन्स पढ्दै हुनुहुन्छ । समयलाइ व्यवस्थापन गर्दै उहाँले आफ्नो व्यस्त समयलाइ रमाइलोसँग अगाडी बढाउदै हुनुहुन्छ । अनुत्पादनसिल क्षेत्रमा समय व्यतित गर्नु समय वर्वाद हुनु हो भन्ने उहाँ भविष्यलाइ सधैँ चम्किलो बनाउने र सफलताको गोरेटोमा हिड्न माहिर हुनुहुन्छ । उहाँले गोल्डेनगेट कलेज खोलेको १० बर्ष भएको छ । त्यसबेला उहाँकै नेतृत्वमा विश्वविद्यालय बनाउने उद्धेश्य लिएर शैक्षिक संस्था सुरु गर्नुभएको हो । अहिले सो कलेजबाट सात वटा मास्टर्स, १५ वटा ब्याच्लर्स लगायत प्लस टुमा पनि विभिन्न विषयमा पढाइ हुन्छ । जहाँ ४७ सय विद्यार्थी अध्ययनरत छन् भने ६ सय ७६ जनामात्र शिक्षक तथा कर्मचारी आवद्ध छन् । सो शैक्षिक संस्थाको आफ्नै जग्गामा भवन छिट्टै बन्दैछ । सिलवाल विभिन्न ६३ वटा संघसंस्थामा आवद्ध हुनुहुन्छ भने कुनैमा सक्रिय र कुनैमा केहि समय दिएर संलग्न हुनुहुन्छ ।
शैक्षिक क्षेत्रको विकास र नेपालको शिक्षालाइ गुणस्तरीय बनाउन उहाँको ठूलो योगदान छ । नेपालमा अहिले नेपाल सरकार र युनेस्कोले बताएअनुसार ५६ प्रतिशत लगानी शिक्षाक्षेत्रमा नीजिक्षेत्रको छ भने करिब ४४ प्रतिशत सरकारी लगानी छ । ४४ प्रतिशत लगानी गरेको सरकारी शैक्षिक संस्थामा ७० प्रतिशत विद्यार्थी छन् भने बाँकी ३० प्रतिशतमात्र विद्यार्थी नीजी शैक्षिक संस्थामा आवद्ध छन् । नीजि क्षेत्रले गुणस्तरीय शिक्षाको प्रतिफल दिइरहेको सिलवाल दाबी गर्नुहुन्छ । नीजी शैक्षिक संस्थामा व्यवस्थापन चुस्त रहेर र प्रतिस्पर्धा भएर नतिजा राम्रो आउने गरेको उहाँको बुझाइ छ । प्राविधिक विषयमा पनि अहिले नीजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको उहाँ बताउनुहुन्छ । लगभग ७ हजार इञ्जिनियरहरु हरेक बर्ष उत्पादन हुन्छन् भने ३ हजार डाक्टरहरु हरेक बर्ष उत्पादन हुन्छ । जवकी २०४६ सालसम्म ४०÷४० सिट हुन्थ्यो । विज्ञान तथा प्रविधिदेखि व्यवस्थापन क्षेत्रमा समेत नीजी क्षेत्रमा धेरै आकर्षण रहेको तर शिक्षा र मानविकी संकायमा मात्र सरकारी संस्थाको बढी योगदान रहेको सिलवालको बुझाइ छ ।
हिसानका अध्यक्षसमेत रहेका सिलवाल संगठन सुदृढिकरण र साझा हकहित र योगदानको लागि लागिपरेको बताउनुहुन्छ । शिक्षाक्षेत्रका लागि आवश्यक पर्ने ऐनकानुनलाइ समयसान्दर्भिक बनाउन,नीजि क्षेत्रको शैक्षिक लगानीलाइ व्यवस्थित तथा सुरक्षित बनाउन र गुणस्तरीय शिक्षा आम विद्यार्थीलाइ पु¥याउनुपर्छ भन्ने लगायत मुद्धामा हिसान केन्द्रित रहेको अध्यक्ष सिलवाल बताउनुहुन्छ । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल नीजिक्षेत्रले ताली बजाउने प्रकारको शिक्षा आठौँ संशोधन ऐन नरहेको उहाँ बताउनुहुन्छ । नेपालको शिक्षा क्षेत्रलाइ अगाडी बढाउन नीजि तथा सरकारी दुबै क्षेत्रको समन्वय सहकार्य र सहयोग आवश्यक पर्ने सिलवाल बताउनुहुन्छ । शिक्षाले नै उहाँलाइ मस्तिष्कको आँखा खोलिदियो,शिक्षाले नै नाम दियो माम दियो र अहिले उहाँले शिक्षाक्षेत्रको श्रीवृद्धि गर्नेबारे मस्तिष्क र आँट खर्चिरहनुभएको छ ।
प्रतिक्रिया