फेसबुकबाट ठग्ने नयाँ काईदा, तपाईं पनि पर्नुहोला है सावधान !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०७३, सोमबार १५:४५

%e0%a4%ab%e0%a5%87%e0%a4%b8%e0%a4%ac%e0%a5%81%e0%a4%95काठमाडौँ । फेसबुकमार्फत् विभिन्न तरिकाले ठग्ने र ठगिने क्रम अझै अन्त्य भएको छैन । कहिले नयाँ साथीलाई विभिन्न प्रलोभन देखाएर त कहिले ब्ल्याकमेलिङ्ग गरेर फेसबुकबाट ठगिने गरेका प्रशस्तै उदाहरण हामिले थाहा पाएका छौं । यस्तैक्रममा फेसबुकमा वैदेशिक रोजगारीको विज्ञापन देखाएर ७ जनालाई ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । विभिन्न व्यक्तिबाट रकम उठाएका दोलखाको मागापौवा २ का दावा योञ्जन पक्राउ परेका हुन् । उनले तिलक बहादुर गुरुङ, दिनेश गरुङ, डोर बहादुर थापा, विमल चौधरी, प्रदिप कुमार गुरुङ, बुद्ध स्याङ्तान र चन्द्र प्रसाद बस्नेत बाट तीन लाख ३४ हजार रुपैयाँ लिएर फरार भएका थिए । उनले विभिन्न पत्रपत्रिकामा आएका विज्ञापनमा आफ्नो मोवाइल नम्बर सहित फेसबुकमा राखेर आकर्षक रोजगारीमा पठाउने भन्दै पासपोर्ट र पैसा असुलेका थिए । प्रहरी अनुसन्धानबाट उनी कुनैपनि म्यानपावर कम्पनीसँग आवद्ध नरहेको खुलासा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१