गर्भवती करिना कपुरको सक्रियता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ मंसिर २०७३, सोमबार ०९:४५

%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%ad%e0%a4%b5%e0%a4%a4%e0%a5%80-%e0%a4%95%e0%a4%b0%e0%a4%bf%e0%a4%a8%e0%a4%be-%e0%a4%95%e0%a4%aa%e0%a5%81%e0%a4%b0काठमाडौं ।  करिना कपुर गर्भवती छिन् । उनलाई डाक्टरले ४ डिसेम्बरको ‘डेट’ दिएका छन् । गर्भवती भएपछि फिल्म अभिनय गर्न असमर्थ करिनाको गर्भावस्थाको फोटो अहिले भाइरल भएको छ । सुत्केरी हुने दिन नजिकिँदै गर्दा अधिकांश महिला घरमै आराम गर्छन् ।
तर, करिना भने उत्तिकै सक्रिए देखिन्छिन् । करिना बिहीबार आफ्नी दिदी करिश्माका साथ जन्मन लागेको बच्चाका लागि सपिङ गर्न सपिङ मल पुगिन् । त्यति मात्रै हो र  ?
उनले केही दिनअघि महबुल स्टुडियोमा फोटोसेसन पनि गरिन् । उनको फोटोसेसन कुनै म्यागजिनका लागि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । करिना र सैफ अलीले सन् २०१२ मा बिहे गरेका हुन् । लामो समयको प्रेमलाई बिहेमा परिणत गरेका करिना र सैफको ‘टसन’ फिल्मको सुटिङका क्रममा सन् २००८ देखि मित्रता गाँसिएको थियो ।नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१