यसरि बन्यो पोखरामा ११ सय ३७ वटा अण्डाको एउटै अम्लेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०७३, शनिबार ०५:१८

big-omlet-300x258पोखरा ।  पोखरा रगंशालामा जारी सिटि रेवान महोत्सवमा शुक्रबार ११ सय ३७ वटा अण्डाको एउटै अम्लेट बनाइएको छ । नेपाल सम्वत ११३७ को अवसरमा सिटी रेवानले ११३७ वटा अण्डाको अम्लेट बनाएको हो । महोत्सवको आकर्षण पनि हुने र नेपाल सम्वत सवै नेपालीको साझा सम्वतका रुपमा स्थापित गर्न पनि ११३७ वटा अण्डाको अम्मलेट बनाएका हौ संयोजक सागर लुईटेलले बताए । महोत्सवस्थल पोखरा रगंशालमै अम्लेट बनाउनका लागी आठ बाई आठको ठूलो छुटटै ताई निर्माण गरिएको थियो । ‘अम्लेट बनाउन कै लागी फलामको ठूलो ताई नै ब्यवस्था गरेको हौ ।’ सिटि रेवानका महासचिव दिपक तिमिल्सिनाले भने । एकै पटकमा ११३७ ओटा अण्डाको अम्लेट बनाइएको नेपालमा यो पहिलो हो । यसअघि चितवनमा १ हजार अण्डाको एउटै अम्लेट बनाइएको थियो । नेपालमै यो पहिलो हो यति धेरै अण्डाको अम्लेट बनाइएको संयोजक लुइटेलले  भने । अम्लेटको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्रि पंगेनीले काटेर सिटि रेवान पोखराका अध्यक्ष केपी शर्मालाई खुवाउनुभएको थियो । भने महोत्सवमा टिकट काटेर आएका दर्शकलाई निःशुल्क रुपमा वितरण गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१