मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउने दिशामा ऊर्जामन्त्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०७३, शनिबार ०५:०६

नेपालगन्ज । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउने दिशामा सरकारले दीर्घकालीन योजना निर्माण गर्न लागेको बताउनुभएको छ ।%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a4%a8-%e0%a4%b6%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be

बाँकेको कोहलपुरस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “केही समय लोडसेडिङको समस्या मुलुकले झेल्नुपर्ने भएकाले त्यसमा आमजनताले पनि हार्दिकतापूर्वक सकारात्मक सहयोग गर्नुपर्छ ।”

मन्त्री शर्माले आजै यहाँका उद्योगपतिसँग उद्योगलाई आवश्यक पर्ने विद्युत्का विषयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा समेत सरिक हुनुभयो । जिल्लाका फत्तेपुर र वनकटुवाको पेडारी गाउँमा आयोजित सभालाई सम्बोधन गर्दै मधेसी तथा थारु समुदायका माग सम्बोधनका लागि संविधान संशोधनको विकल्प नभएको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१